2026-09-14 08:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तु: तीनपटक म्याद थप्दा पनि बनेन स्वास्थ्य चौकी

माघ १९, कपिलवस्तु । यहाँको बैदौली स्वास्थ्य चौकीको भवन बनाउन तीन पटक म्याद थप गर्दासमेत निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । 

यशोधरा गाउँपालिका–५, बैदौलीमा रहेको स्वास्थ्य चौकी भवन निर्माण शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास डिभिजन भैरहवाले श्री अर्घाखाँची/तपेश्वरी जेभीलाई रु एक करोड ७६ लाख ८६ हजार २२३ मा ठेक्का दिएको थियो । 

२०७२ असार २९ देखि काम शुरु गरिएको भए पनि आजसम्म भवन निर्माण सम्पन्न हुन सकेको छ । सम्झौताअनुसार ठेकेदारले २०७३ असोज २८ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने हो । तर ठेकेदारको लापर्बाहीले तोकिएको समयमा भवन निर्माण सम्पन्न नभएपछि पटकपटक म्याद थपिएको थियो । 

पटकपटक म्याद थप्दासमेत भवन निर्माण सम्पन्न नभएको भन्दै स्थानीयवासी तथा स्वास्थ्यकर्मी आक्रोशित बनेका छन् । सो स्वास्थ्य केन्द्रमा आउने बिरामीले समेत सास्ती भोग्नुपरेको छ । 

भवन निर्माण सम्पन्न गर्न तोकिएको समयबाहेक डेढ वर्ष नाघिसक्दासमेत भवन निर्माण अलपत्र छ । भवनभित्र झ्याल ढोका राखिएको छैन भने खानेपानी र शौचालय पनि निर्माण गरिएको छैन । 

निर्माण व्यवसायीले समयमै निर्माण कार्य पूरा नगर्दा आफूहरुले सास्ती भोग्नुपरेको सेवाग्राहीले गुनासो गरेका छन् । भवनमा शौचालय र खानेपानीजस्ता आवश्यकीय भौतिक संरचना नबनाईदिँदा सेवाग्राही समस्यामा पर्ने गरेका छन् । 

स्वास्थ्यचौकीमा आउने सेवाग्राहीलाई शौचालय र खानेपानीको उपलब्धता नहुँदा समस्या परेको यशोधरा–वसन्तपुरका भानमती चाइले जानकारी दिनुभयो । स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनका लागि प्राविधिक तथा स्वास्थ्यकर्मी खटिए पनि भवनकै कारण समस्या देखिएको छ । ल्याबका लागिसमेत ११ कर्मचारी छन् तर सेवा प्रवाहको कार्य प्रभावित बनेको छ । 

शौचालय र खानेपानीको प्रबन्ध नहुँदा बर्थिङ सेन्टर सञ्चालनको कार्य प्रभावित बनेको छ । आफ्ूहरु एक साताकै अवधिभित्र बर्थिङ सेन्टर र सुविधा सम्पन्न ल्याब सञ्चालनको तयारीमा रहेको भए पनि शौचालय र खानेपानीको व्यवस्था नहुँदा योजना प्रभावित भएको स्वास्थ्य चौकीका सिनियर अहेब वीरेन्द्र मिश्राले बताउनुभयो । 

शहरी विकास डिभिजन, भैरहवाले समयमै रकम निकासा नदिँदा निर्माण कार्य सम्पन्न गर्न नसकिएको ठेकेदार तपेश्वरी कहाँरले बताउनुभयो । थपिएको म्यादअनुसार माघ मसान्तसम्म समय सीमा पाएका छाँै, उहाँले भन्नुभयो । 

उता सो विषयमा प्रतिक्रिया लिँदा शहरी विकास डिभिजन भैरहवाका प्रमुख सुरेश ठाकुरले समयमै रकम निकासा नदिइएको भन्ने विषयमा सत्यता नभएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ