2026-09-14 07:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

करोडौको कारोवार गर्दै चन्द्रौटा महोत्सव सकियो

माधव बेल्वासे | माघ २८, चन्द्रौटा | करोडौंको कारोबार गर्दै चौथो चन्द्रौटा महोत्सव आइतबार सकिएको छ ।कृषि पर्यटन र औधोगिक विकाश हाम्रो अभियान आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मूल नारासहित चन्द्रँैटा उद्योग वाणिज्य संघले माघ १७ देखि माघ २८ गतेसम्म आयोजना गरेको चौथो चन्द्रौटा औधोगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सवमा ९ करोड भन्दाम माथिको आर्थिक कारोवार र करिब एक लाख ३० हजार दर्शकले अवलोकन गरेको महोत्सवका प्रवक्ता दमन भाटले वताए ।

अपेक्षा गरेकोभन्दा र बढी दर्शक आएको बताउँदै महोत्सवले जिल्लाका उत्पादनको बजारीकरणका साथै सम्भावनाका क्षेत्रमा लगानीको वातावरण बनाएको मेला मूल संयोजक जमसेर अलिले वताए । महोत्सवस्थलभित्र राखिएका स्थानीय उत्पादन, आयातित वस्तु विक्रि भएकोले व्यापारिक दृष्टिकोणले समेत महोत्सव सफल भएको आयोजकले दाबी गरेको छ । 

कपिलवस्तुको पश्चिमी क्षेत्र एक औधोगिक करोडोर रहेकोले यस क्षेत्रमा उद्योग आर्कषणको रुपमा रहेको प्रदेश सदस्य अर्जुन केसीले वताए ।अव वन्ने सरकारले उद्योग तथा कृषिलाई विशेष प्रथमिकता दिएर विकाश गर्ने केसीले जनाए ।चन्द्रौटा कृष्णनगर क्षेत्रमा धेरै उद्योगहरु संचालनमा रहेकोले यस क्षेत्रमा विकाशको लागी सहज हुने केसीले दावी गरे ।त्यस्तै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले मेला एक एतिहासिक भएको वताए । कपिलवस्तु जिल्लाका पर्यटिकय स्थल कृषी उपज व्यापार व्यावसायलाई प्रवद्धन मेलाले गरेको दावी गरे ।

साथै महोत्सवमा राखिएको कृतिम बुद्ध परिपथमा दर्शक हरुको घुइचो बढेको आयोजकको भनाई छ । कृतिम रुपमा बनाइएको मायादेबी मन्दिर सोनवागढ शिबगढी मन्दिर तिलौराकोट लगायत प्रयटकिय क्षेत्रको कृतिम बनोटमा दर्शक हरुले धेरै अबलोकन गर्ने अवशर मिलेको संयोजक अलिले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ