2026-10-15 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुर्खेत: वाणिज्य बैंकमा सेवाग्राहीलाई सास्ती

फागुन २२, सुर्खेत | वीरेन्द्रनगर नगरपालिकाका आशिष रेग्मीलाई राष्ट्रिय वाणिज्य बैंकको शाखामा चेक साट्न २ घण्टा लाग्यो । ‘दिउँसो भीडभाड हुने ठानी १० बजे नै बैंकमा पुग्दा पनि भीड भइसकेको रहेछ  । ५० जना पछाडि लाइनमा बस्नुपर्यो’ उनले भने ।आइतबारदेखि शुक्रबारसम्म बैंकमा भुक्तानी वा रकम जम्मा गर्न जो कोही पनि २ घण्टासम्म लाइनमा अनिवार्य बस्नै पर्छ । ‘थोरै रकम वा धेरै रकम जतिको भए पनि भुक्तानी लिन लाइनमा नबसी हुँदैन’, उनले भने ‘पालो पाउनै गाह्रो भएको छ।’

आशिष जस्तै राष्ट्रिय वाणिज्य बैंक पुगेकी भेरीगंगा नगरपालिकाकी देवि सुनारले पनि आफु बैंकमा १२ बजे आएको र ३ बजिसक्दा पनि पालो नआएको गुनासो गरिन् । बैंक भन्दा घर टाढा भएकाले आज पालो आउँछ की आउँदैन भन्ने चिन्ता छ उनलाई ।उनले भनिन् ‘घर टाढा छ झन छिटै पालो आउला भनि घरबाट बिहानै आए, बैंक आउँदा १२ बजिसकेको थियो, ३ घण्टा भयो बसेको अहिले सम्म पालो पाइएको छैन’ । अनुहारमा निराशपन झल्काउँदै देविले भनिन् ‘के थाहा भोली फेरी आउनु पर्ने हो की?’ आशिष र देवि जस्तै सर्वसाधारण, शिक्षक र कर्मचारी पनि लाइनमा बसेरै कारोबारका लागि कुर्नुपर्छ ।

बैंकले जम्मा गर्ने, भुक्तानी लिने र अन्य कारोबार गर्नका लागि बेग्लाबेग्लै काउन्टरको व्यवस्था गरे पनि सधैं भीड नै हुन्छ  । यता बाणिज्य बैंक सुर्खेतले भने ग्राहकको थामिनसक्नुको चाप व्यवस्थापन गर्न कठिन भएको जनाएको छ । बैंकले वीरेन्द्रनगर सुर्खेतमा मात्रै अर्को शाखा स्थापना गर्न आवश्यक देखिएको बताएको छ । बैंकका सूचना अधिकारी लिलाराम ढुंगानाले कर्मचारी कम हुनु र बैंकले सेवाहरु थप गर्दै जानुले ग्राहकको चाप बढेको बताउँछन् ।

बैंक आफैले कर्मचारी राख्न नसक्ने र लोकसेवा आयोगले कर्मचारी पठाउन ढिलो गर्दा ग्राहकहरुलाई काम ढिलो प्रवाह गरेको देखिने उनको भनाइ छ । १२ घन्टा काम गर्दा पनि ग्राहकको चाप उस्तै भएको हुँदा वीरेन्द्रनगर बजारमा मात्रै बैंकको अर्को शाखाको आवश्यकता देखिएको सूचना अधिकारी ढुंगानाले बताए । ग्राहकहरुको विश्वास बाणिज्य बैंकमै भएकोले चाप बढेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने