2026-06-28 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वीरेन्द्रनगरमा दैनिक ४५ लाख लिटर पानी अपुग

चैत २, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैनिक ४५ लाख लिटर पानी अपुग छ । झण्डै डेढ लाख जनसंख्या रहेको वीरेन्द्रनगरमा दैनिक एक करोड दश लाख लिटर पानी उपलब्ध छ । कर्णाली प्रदेशको राजधानी भए पछि अब यहाँ दैनिक ४५ लाख लिटर पानी अपुग हुने खानेपानी संस्था सुर्खेतको आँकलन छ ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जनसंख्या बढ्दै गएका कारण पानीको माग आपूर्ति अनुसार सहज हुन नसकेको जनाएको छ । संस्थाका अध्यक्ष कूलमणि देवकोटाले वीरेन्द्रनगरमा अहिले दैनिक एक करोड २७ लाख लिटर पानीको आवश्यकता भएको तर आपूर्ति भने ८४ लाख लिटर मात्रै भएको बताए ।

वीरेन्द्रनगरको जनसंख्या सोचेभन्दा छिटो बृद्धि हुँदैजानु, शहरी क्षेत्रमा रहेका पुराना पाइपलाइन जीर्ण हुनु, जलवायु परिवर्तनका कारण पानीका स्रोतहरु घट्दै जानु, सडक विस्तारका क्रममा पानीका पाइपलाइनहरु क्षतिग्रस्त हुनुले पानीको सहज वितरणमा समस्याहरु थपिएको उनले जनाए । उपत्यकामा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि भेरी नदीको पानी लिफ्ट गरेर वीरेन्द्रनगरमा ल्याउनुपर्ने काम अगाडि बढाइएको अध्यक्ष देवकोटाले बताए। चालु आर्थिक बर्षभित्र भेरी नदीको पानी लिफ्ट गरेर ल्याउने आयोजनाको डिपिआर तयार गरी काम अगाडि बढाइने जानकारी दिए ।

‘बिल तिर्न लाइन बस्नु नपर्ने’

पानीको महशुल तिर्न लाईन लाग्नुपर्ने समस्याको समधान गरिने सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणी देवकोटले बताएका छन । शुक्रबार वीरेन्द्रनगरमा संस्थाको १७ औँ वार्षिकोत्सव कार्यक्रममा यस्तो बताएका हुन् । ‘अब कोही उपभोक्ताले पानी प्रयोगको महशुल तिर्न घण्टौँ लाइन बस्नुपर्ने छैन ।’ महशुल भुक्तानी गर्न उपभोक्ताहरु लामो समयसम्म संस्थामा लाइन बस्नुपर्ने कार्यको मध्यनजर गरी संस्थाले ग्लोवल आई.एम.ई. बैंकसंग नेटवर्किङ्ग गरी सोझै बैंकमार्फत खानेपानीको महशुल भुक्तानी गर्ने व्यवस्था गरिने उनले जानकारी दिए ।

‘संस्थाले अनलाईन विलिङ्ग तथा एकाउण्टिङ्ग सफ्टवरको कामलाई पुर्णता दिई चालु आर्थिक वर्षदेखिनै सञ्चालनमा ल्याउने छौँ’ अध्यक्ष देवकोटाले भने, ‘समयसंगै संस्थालाई पनि प्रविधीसंग जोडिदै लगिने छ ।’चालु आर्थिक बर्षमा आयोजनाको सुधार विस्तार गरी खरिखोला बोरीखोला आयोजनाबाट ३० लिटर प्रति सेकेण्ड पानी थप गरिएको उनको भनाई छ ।

कार्यक्रममा भौतिक विकास पुर्वाधार मन्त्री खड्क खत्रीले आगामी नीति र कार्यक्रममा उपत्यकाको खानेपानीको समस्यालाई समधान गर्नका लागि विशेष योजना बनाउने प्रतिवद्धता जनाए ।कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष रामबहादुर गौतमले गरेका थिए । संस्थाले आर्थिक वर्ष २०७३÷०७४ मा कुल ६ करोड ३३ लाख, ६० हजार ६१३ आम्दानी गरी रु ५ करोड ८५ लाख २३ हजार २८० खर्च गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाका अध्यक्ष देववकोटाको अध्यक्षतामा भएको साधारणसभामा जिल्ला समन्वय समितिका सुर्खेतका प्रमुख छविलाल सिग्देल, वीरेन्द्रनगर नगरपालिकका प्रमुख देवकुमार सुवेदी लगायतले उपत्यकाको खानेपानी समस्या समाधनका लागि सबै क्षेत्रको पहल जरुरी भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी