2026-08-30 04:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णालीलाई लगानीमैत्री वातावरण बनाउन पर्यटन व्यवसायीको आग्रह

चैत ६, सुर्खेत | पर्यटन व्यवसायीहरुले कर्णाली अबको निर्विकल्प पर्यटन गन्तव्य भएकोले आफुहरु  कर्णाली प्रदेशमा लगानी गर्न इच्छुक भएको बताएका छन् । होटल एसोसियसन नेपालले सोमबार कर्णाली प्रदेश सरकारका मन्त्रीहरुसँग भेटघाट गरी पर्यटनका लागि कर्णाली  प्रदेशमा गर्न सकिने काम र आफ्नो दक्षता बारेमा जानकारी दिँदै लगानी गर्न इच्छा जनाएका हुन् ।

पर्यटन क्षेत्रमामा आवद्ध  नाटा, टान, हान,  नेपाल पर्यटन वोर्ड र अन्य पर्यटन व्यवसायीसँग भएको छलफलमा व्यवसाय सञ्चालमा सवैभन्दा कठिनकाम भनेको जग्गाको उपलव्धता र सुरक्षा भएकाले सरकारले जग्गा र सुरक्षाको वातावरण बनाउन सके आफुहरु छिटो भन्दा छिटो कर्णाली आउन चाहेको हानका अध्यक्षले बताए ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह वुढाले कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि सरकारले व्यवसायमैत्री नीति लिने भएकाले सरोकारवालालाई छिटो भन्दा छिटो कर्णाली प्रदेशमा जाने सोच बनाउन निर्देशन दिए । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले व्यवसायीको सक्रिय सहभागिता बिना सरकार एक्लैले पर्यटनमा खासै सुधार ल्याउन नसक्ने भएकाले आफु व्यवसायीलाई निम्तो दिन आएको जानकारी गराए ।

त्यस्तै सामाजिक विकास मन्त्री दल रावलले विविधताले भरीपूर्ण कर्णालीको विकासको लागि व्यवसायिक वातावरण बनाउन प्रदेश सरकार तयार रहेकाले विश्व पर्यटन बजारका साझेदारलाई कर्णालीका बारे जानकारी दिन नेपालका व्यवसायीहरु जुट्नु पर्नेमा जोडदिए । पर्यटनसंग व्यवसायसंग सम्वन्धित विभिन्न १५ भन्दा बढी संघ संस्थाका प्रतिनिधीहरुले प्रदशे सरकारका मन्त्रीहरुलाई भेटी कर्णाली सरकारले मनाउन लागेको रारा कर्णाली भ्रमण वर्ष २०७५ को अवधारणा प्रस्तुत् गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने