पढ्न करिब 2 मिनेट लाग्छ

चैत ७, कालीकोट | कालीकोटको शुभ कालिका गाउँपालिकाको भर्तास्थत बहुमुल्य धातु काईनाइट चोरी निकासी गर्नेलाई कार्वाहीको माग गर्दै प्रशासन गुहारेका छन् ।काईनाइट अबैध रुपमा उत्खनन् गरी चोरी निकासी भएको हुनाले आवश्यक कार्वाही गरी पाउँ भनी कालिका गाउँपालिका ३ निवासी इन्द्रबहादुर शाहीले कालीकोटका प्रमुख जिल्ला अधिकारी समक्ष सोमबार निवेदन दिएका हुन् । उनले भर्ताको विभिन्न स्थानबाट चोरी निकासी भएको हुँदा उक्त कार्य रोक्न आग्रह गरेका छन् ।

कालीकोटको भर्तास्थित काईनाइटको उत्खनन्का लागि अनुमति पाएका कम्पनी उत्खनन् र निकासी गर्दै आएकोमा हाल काईनाइटको उत्खनन् र निकासी बन्द भएको अवस्थामा अनुमति पाएको स्थान भन्दा बाहिरबाट केही व्यक्तिहरुले अबैध चोरी निकासी गरेको हुनाले त्यसलाई रोकी आवश्यक कानूनी कार्वाही गर्न प्रशासन गुहार्नु परेको निवेदक शाहीले उल्लेख गरेका छन् ।

अवैध उत्खनन् गरिएको काईनाइट भारत लैजाँदै गर्दा प्रहरीलाई खबर गरे पनि आफ्नो जिम्मेवारी नभएको भन्दै प्रहरी पञ्छिएको निवेदक शाहीको भनाई छ । जिल्लाको कालिका गाउँपालिका–३ भर्ताको मदाने क्षेत्रमा रहेको बहुमुल्य धातु काईनाइट अवैध उत्खलन् भइरहेको उनले निवेदनमा उल्लेख गरेका छन् । गाउँपालिका, वडापालिका, जिल्ला समन्वय समितिको अनुमति विना नै अवैध रुपमा राजश्व छलेर निकासी उनले जनाएका छन् ।

निकासी बन्द गरेको अवस्थामा अबैध रुपमा चोरी निकासी भएको कुरा प्रहरी प्रशासनलाई जानकारी गराउँदा समेत ध्यान नदिएको बिपिन एण्ड अभि खनिज उद्योग प्रालिका प्रतिनिधि विके पौडेलले बताए । उनले काईनाइटको अबैध रुपमा भएको निकासी र राजश्व छलि बारे प्रहरी प्रशासनलाई जानकारी गराए पनि नरोकिएपछि सञ्चार माध्यमलाई गुहार्नु परेको गुनासो गरे ।

कालीकोटको भर्ता स्थित खानीबाट काईनाइट उत्खनन्का लागि विपिन एण्ड अभि खनिज उद्योग प्रा.लि., ठेकेदार माझी र ठेकेदार चलाउनेले खानी तथा भूगर्भ विभागवाट उत्खनन् इजाजत पत्र लिएका छन् । तर खानी तथा भूगर्भ विभागले नै विगत तीन वर्ष यता काईनाइटको उत्खनन् र निकासी बन्द गरिएको छ ।