2026-10-15 12:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महोत्सवको पुर्व तयारी गर्न प्रदेश सरकारको टोलि जुम्लामा

नन्दराम जैसी । चैत १७, जुम्ला | आगामि बैशाख १ गते मुगुको रारातालबाट उद्घाटन हुने कर्णाली रारा पर्यटन बर्ष २०७५ अन्र्तगत महोत्सवको पुर्व तयारी स्वरुप कर्णाली प्रदेश सरकारको टोलि कर्णालीमा पुगेको छ । पर्यटन बर्ष सफल पार्न प्रदेश सरकारको पहिलो खुट्कीलो पर्यटन महोत्सव यतिबेला सरकारको उच्च प्राथमिकतामा परेको छ ।

जिल्लाका विभिन्न निकायसँग छलफल तथा समन्वय गरी महोत्सवको अन्तीम तयारी पुरा गर्न उद्योग पर्यटन बन तथा बातावरण मन्त्री नन्दसिंह बुढा, आन्तरीक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र प्रदेश सरकारकी प्रवक्ता तथा भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी लगाएतको टोलि जुम्ला पुगेको हो ।

महोत्सवमा भित्रिने आन्तरीक तथा बाह्य पर्यटकहरुका लागि कर्णाली राजमार्गको यात्रा सहज बनाउने ध्ययले राजमार्गको अध्ययन, अवलोकन गर्दै यहाँको भौगोलिक र बस्तुस्थिति जानकारी लिन सुर्खेत, दैलेख, कालिकोट हुदै उनिहरु शुक्रबार जुम्ला पुगेका हुन् । महोत्सवलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न शनिबार जुम्लामा पत्रकार सम्मेलन देखि ब्यापारी, उद्योगी, ब्यवसायी तथा सरोकारवाला निकायसँग छलफल भएको छ, भने आईतबार मुगुमा पनि छलफल हुनेछ । सबै निकायसँगको छलफल र समन्वयपछि तत्काल महोत्सवको आवाश्यक सबै पुर्वाधारहरु तयार पारीने प्रदेश सरकारको टोलिले जनाएको छ ।

महोत्सवमा भित्रिने हजारौ पर्यटकलाई रारा, कर्णालीको मनोरम दृष्य तथा अर्गानिक बस्तुमै रम्ने बाताबरण बनाउने तयारी भैरहेको छ । उपलब्ध सेवा सुविधा सहितको पर्यटकलाई उचित बास तथा अर्गानिक बस्तुका परिकार सहितको खानाको ब्यवस्था गरीने यँहाका होटल ब्यवसायीहरुले बताएका छन् । रारा जाने पर्यटकलाई जुम्लाको चन्दननाथ, भैरबनाथ मन्दिर दर्शन, तातोपानी धारा नुहाउने, देशकै पहिलो प्राविधिक शिक्षालय र विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौरज्युलो लगाएतको मनोरम दृष्य अवलोकन गर्ने ब्यवस्था गरीने भएको छ ।     

प्रधानमन्त्री केपि शर्मा ओलिले पर्यटन बर्ष तथा महोत्सव उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । महोत्सवसँगै प्रधानमन्त्री ओलीले बैशाख १ गते नै कालिकोट पचाल झरना, मुगुका राराताल र डोल्पाको सेफोक्सुण्डो बाटै पर्यटन सम्बन्धी सन्देश फैलाउने कार्य तालिका तयार गरिएको छ ।

सुर्खेतको देउती बज्यै, काक्रेबिहार, बुलबुले ताल, दैलेखको बिभिन्न पर्यटन गन्तव्य स्थल, कालिकोटको पचाल भर्ना, सांस्कृतिक, आर्थिक र सामाजिक पर्यटकिय स्थल, जुम्लाको खस भाषाको उत्पति क्षेत्र सिजा, तातोपानी धारा, चन्दननाथ मन्दिर, विश्वको अग्लो स्थानमा कालीमार्सी धान फल्ने छुमचौर ज्यूलो, गुठीचौर, पाटन क्षेत्रमा पर्ने ठाकुरज्यू दह, विष्टज्यू दह, रङफर्ने गिडिदह, डोल्पाको सेफोक्सुण्डो, मुगुको राराताल, हुम्लाको मानसरोबर जस्ता पर्यटकिय गन्तव्य स्थलहरूलाई समेट्ने गरी पर्यटन करिडोर तय गर्ने पर्यटन मन्त्रालयको नीति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा