२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साउनदेखि स्थानीय तहमा एकीकृत सम्पत्ति कर कार्यान्वयनमा आउने

२०७४, १९ चैत्र सोमबार १८:०९

चैत १९, काठमाडौँ (रासस) | आगामी साउन १ गतेदेखि मालपोतलगायत सम्पत्तिसम्बन्धी कर स्थानीय तहले उठाउने भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्थाले आगामी आवदेखि स्थानीय तहले एकीकृत सम्पत्ति करलाई नै कार्यान्वयनमा ल्याउनुपर्ने जनाइएको छ । अब स्थानीय तहमा ‘सम्पत्ति कर व्यवस्थापन कार्यविधि २०७४’ कार्यान्वयनमा आएसँगै स्थानीय तहले नै कर निर्धारणको अधिकार प्राप्त गर्ने मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिनुभयो । यसबाट स्थानीय तहको आम्दानी बढ्ने निश्चित भएको छ । 


कार्यविधिमा सम्पत्ति मूल्यांकन समिति गठन, सम्पत्तिको विवरण संकलन, मूल्यांकन प्रक्रिया, कर निर्धारण, कर असुली, दण्ड र पुरस्कारसम्बन्धी व्यवस्था उल्लेख छ । सम्पूर्ण स्थानीय तहलाई कार्यविधिको अविलम्ब कार्यान्वयन गर्न मन्त्रालयले विज्ञप्तिमार्फत आग्रह गरेको छ । 

विगतमा एकीकृत सम्पत्ति कर र घरजग्गा करमध्ये कुनै एक कर लगाउन पाउने कानूनी व्यवस्था रहेका कारण काठमाडौँ उपत्यकाका नगरपालिका, विराटनगर तथा मध्यतराईका केही नगरपालिकाबाहेक ४८ नगरपालिकामा मात्र एकीकृत सम्पत्ति कर कार्यान्वयनमा आएको र काठमाडौँलगायत १० नगरपालिकामा घर जग्गा कर कार्यान्वयनमा रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु