२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

समृद्ध अर्थतन्त्र निर्माणमा सहकारीको योगदान

२०७४, २० चैत्र मंगलवार १२:०२

चैत २०, काठमाडौँ | समृद्ध अर्थतन्त्र निर्माणमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको सरोकारवालाले बताएका छन् । 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ६१ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा ‘सहकारीमार्फत आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण’ विषयक अन्तक्र्रिया तथा पुरस्कार वितरण कार्यक्रमका वक्ताले सो कुराको जानकारी दिंदै प्रशस्त सम्भावना भए पनि यत्सको सहीरुपमा उपयोग गर्न नसक्दा मुलुकको विकास हुननसकेको बताएका हुन् । 

कृषि,भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि र सहकारीलाई राज्यले प्राथमिकतामा राख्न नसक्दा मुलुकले आर्थिक विकास गर्न नसकेको बताउनुभयो । 

उहाँले सहकारीमार्फत किसानको जीवनस्तरमा सुधार ल्याउनुका साथै बेरोजगारलाई रोजगारी दिन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । 

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले ३०४ अर्ब बचत रहेको सहकारी क्षेत्रलाई बाहिर राखेर मुलुकको विकास सम्भव नभएको भन्दै सरकार र सहकारी हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । 

उहाँले स्थिर सरकारसँगै मुलुकमा लगानीको वातावरण बन्दै गएको छ भन्दै आर्थिक उपार्जनको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा सहभागीले छरिएर रहेको श्रम, सीप र पुँजीलाई एकीकृत गर्न सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दै सहकारी सञ्चालनमा सहज वातावरण बनाउन सरकारलाई आग्रह गरेका थिए । विसं २०१३ मा चितवनबाट ‘बखान सहकारी संस्था’ को नाममा शुरु भएको सहकारी हाल ३४ हजार ५१२ वटा पुगिसकेको छ । 

दुई सहकारी र दुई व्यक्ति पुरस्कृत 

मन्त्रालयले यस वर्षको सहकारी पुरस्कार महारानीझोडा साना किसान कृषि सहकारी संस्था झापा र जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीलाई प्रदान गरेको छ । 

मन्त्रालयले महारानीझोडा सहकारीका अध्यक्ष मीनाकुमारी ढकाल र जनउत्थान सहकारीका अध्यक्ष ज्ञानु पौडेललाई रु एक लाख ५० हजार नगद, दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरेको हो । 

यसैगरी यो वर्षको व्यक्ति पुरस्कार केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका पूर्व प्राचार्य सूर्यरत्न शाक्य र नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संस्था (नेफस्कुन)का पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङलाई प्रदान गरेको छ । पुरस्कार राशि रु एक लाख र सम्मानपत्र रहेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो