८ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाललाई समुन्द्रसँग जोड्ने मोदीको घोषणा, मोदीले बोलेको पुरा भाषण पढ्नुहोस्

२४ चैत्र २०७४, शनिबार १०:१७

चैत २४, नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्वोधन गरेका छन् । उनले गरेको सम्वोधनको पूर्ण अनुवादित पाठ पढ्नुहोस ।

भारतको छिमेकी र मित्रराष्ट्र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यू, भ्रमण दलका माननीय सदस्यहरु, तथा उपस्थित मिडियाका प्रतिनिधिहरु, तपाईहरु सबैलाई भारतमा हार्दिक स्वागत गर्दा मलाई धेरै खुशी लाग्दैछ ।

प्रधानमन्त्री ओलीजीको यो भारत यात्रा नेपालमा हालै सम्पन्न ऐतिहासिक लोकतान्त्रिक प्रक्रियाको पृष्ठभूमिमा भइरहेको छ । गतवर्ष नेपालका जनताले लोकतन्त्र एवं संघीय व्यवस्थामा विश्वास जनाए ।

स्थानीय निकाय, प्रान्त र संघीय संसदको चुनावको सफल आयोजन नेपालको सरकार र नेपाली जनताका तर्फबाट ठूलो उपलब्धि हो । र, सन् २००६ मा सुरु भएको परिवर्तनको यो उत्कर्ष हो । यसका लागि म नेपालका जनता र सरकार दुबैलाई हृदयदेखि नै अभिनन्दन गर्छु । र, धेरै धेरै बधाइ दिन्छु ।

नेपालले अब राजनीतिक इतिहासको एक नयाँ युगमा प्रवेश गरेको छ । एक छिमेकी मित्र देशको नाताले एवं विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रुपमा नेपालको इतिहासको यो स्वर्णिम अध्यायको शुभारम्भ भारतमा हाम्रा लागि हर्षको विषय हो ।

साथीहरु, हिजो र आजको हाम्रो कुराकानीमा प्रधानमन्त्री ओलीजीले नेपालको तीव्र आर्थिक विकास एवं समावेशी समाजको निर्माणका लागि आफ्नो बोल्ड भिजनका बारेमा मलाई विस्तारमा जानकारी दिनुभयो ।

हामीले यो विषयमाथि पनि चर्चा गर्‍यौं कि यस भिजनलाई साकार पार्नका लागि भारत नेपाल सरकारका साथ कुन प्रकारले भागिदार बन्न सक्छ ? म सम्झन्छु कि भारतको विकासका लागि मेरो सच्चा साथ सच्चा विकासको मुल मन्त्र हो । र, नेपालका लागि प्रधानमन्त्री ओलीजीको समृद्ध नेपाल सुखी नेपालीको अभियान एक दोस्रोका पूरक हुन् । यसका लागि हामी दुबै पूर्णतः सहमत छौं कि हामी जनकेन्दि्रत भिजन, विकासको साझा लक्ष र दुबै देशका जनताको सुख शान्ति एवं अपेक्षाहरुलाई साथमा लिएर अघि बढ्नुछ ।

साथीहरु,

नेपालको विकासमा भारतको भागिदारीको धेरै लामो इतिहास छ । मैले प्रधानमन्त्री ओलीजीलाई भरोसा दिलाएको छु कि नेपालको आर्थिक विकास र समृद्धिको प्रयासमा भारतले अगाडि पनि उहाँका साथ पूरै तरह सहयोग गरिरहन्छ । हमेसातरह यो सहयोग भविश्यमा पनि नेपाल सरकारद्वारा निर्धारित प्राथमिकताहरु र आवश्यकतामा आधारित हुनेछ ।

सहयोगप्रति हाम्रो प्रतिवद्धताको एक महत्वपूर्ण परिणाम ‘इन ल्याण्ड वाटर बि्रज’मा सहयोगको निर्णय हो । हाम्रो सहयोगबाट नेपाललाई समुद्रसम्म अतिरिक्त कनेक्टिभिटी मिल्नेछ । र, सगरमाथाको देश सागरसँग सीधा जोडिनेछ । म मान्दछु कि यो एउटा ऐतिहासिक सुरुवात हो । नेपाल ल्याण्ड लक होइन, वाटर लिंक पनि हुनेछ ।

यसैप्रकार रेल्वेमा पनि हामी कनेक्टिभिटी बढाउन चाहन्छौं । र, यसका लागि काठमाडौंदेखि भारतलाई जोड्ने एक नयाँ रेल लाइनलाई संंयुक्तरुपमा विकसित गर्नेबारेमा पनि हाम्रो सहमति बनेको छ ।

कनेक्टिभिटीको एक आयाम व्यापार र मानिसहरुको आवगमनको इन्फास्क्ट्रचरसँग जोडिएको हुन्छ । केही समय पहिले हामीले वीरगञ्ज रक्सोल एकीकृत चेकपोष्टको उदघाटन गर्‍यौं । यो आइसीपी भारत र नेपालको शदियौं पुरानो भौगोलिक, ऐतिहासिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक सम्बन्धको नयाँ राजमार्ग बन्नेछ ।

आजको हाम्रो कुराकानीमा हामीले कनेक्टिभिटीका सबै प्रोजेक्टहरुमा प्रगतिको रिभ्यु गर्‍यौं । तेल पाइपलाइन होस् वा एकीकृत चेकपोष्ट होस्, या फेरि तराई रोड (हुलाकी सडक), यसप्रकारका सबै कनेक्टिभिटी प्रोजेक्टहरुलाई हर सम्भव गतिदिनेबारे हामी दुबै सहमत छौं ।

साथीहरु,

भारत र नेपाल दुबै कृषिप्रधान देश हुन् । यसका लागि हामी हामीले कृषिको क्षेत्रमा एक नयाँ भागिदारीको सुरुवात गरेका छौं । यो भागिदारीबाट अग्र्यानिक फार्मिङ, पशुपालन, माटो परीक्षण, कृषि अनुसन्धान एवं कृषि शिक्षाजस्ता विषयहरुमाथि हामीले आफ्नो सहयोग बढाउनेछौं । मलाई खुशी लागेको छ कि आफ्नो बहुमूल्य समय निकालेर प्रधानमन्त्रीजी भोलि पन्तनगरस्थित कृषि विश्वविद्यालय जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीजीको साथमा मिलेर मैले जल संशाधन र उर्जा सम्बन्धी प्रोजेक्टहरुको पनि रिभ्यु गरें ।

हामी दुबै अरुण-३, पञ्चेश्वर र सप्तकोशी सुनकोशी जस्ता परियोजनाहरुको काममा गति बढाउनेबारे सहमत छौं ।

साथीहरु,

भारत र नेपालका वीच रक्षा र सुरक्षाका विषयमा धेरै गहन सम्बन्ध छ । हामी दुबै आफ्ना खुल्ला सीमाको दुरुपयोगलाई रोक्ने र हाम्रा साझा सुरक्षा हितहरुलाई अगाडि बढाउनेबारे सहमत छौं ।

दुबै देशका वीचमा ओपन बोर्डर दुबै देशका सामान्य मानिसहरुका वीच एक लिभिङ बि्रज रहेको छ । रामायण एवं बुद्ध सर्किटको विकास तथा सीप विकास, शिक्षा, स्वास्थ्य आदि जनकेन्दि्रत क्षेत्रमा पनि हामी सहयोग बढाउनेछौं । यसबाट हाम्रो दुबै देशका वीच पारम्परिक सम्बन्ध अरु प्रगाढ हुनेछ ।

मलाई विश्वास छ आज हामीले जुन ऐतिहासिक कहल गरेका छौं, यसबाट दुबै देशको विकासको हाम्रो भिजनलाई साकार गर्नमा महत्वपूर्ण योगदान हुनेछ ।

साथीहरु,

नेपालको संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुद बनाउनमा दुबै देशको आपसी सहयोग, विचार विमर्श र अनुभवको आदान प्रदानको महत्वपूर्ण भूमिका हुन सक्छ ।

म एकपटक फेरि प्रधानमन्त्री केपी ओलीजी, उहाँकी धर्मपत्नी र पूरै डेलिगेसनलाई भारतमा हार्दिक स्वागत गर्छु र यो पनि चाहन्छु कि फेरि भेट होला । धेरैधेरै धन्यवाद ।

नाकाबन्दीपछि फेरिए मोदी !

ओली र मोदीबीच दुइपटक वान टु वान वार्ता भयो, वार्तामा भएका केही कुरा ओलीले आफ्ना निकट सहयोहीसँग शेयर गरेका आधारमा यति बुझ्न् सकिन्छ कि मोदीले नाकाबन्दीपछिको अवस्था महसुस गरेका छन् ।

अब नेपालमा स्थिर सरकार बनेको भन्दै मोदीले ओलीसग मनैदेखी सहकार्य गर्न इच्छुक रहेको प्रष्ट पारेका छन् । मोदीसँगको वार्तापछि ओली पनि उत्साहित देखिएका छन् । उनी उत्साहित हुनुको अर्को कारण के पनि हो भने यसपटक परम्पराको निरन्तरतामा क्रमभंग गर्न उनी सफल भएका छन् ।

पहिलो पटक नेपालका प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको आन्तरिक राजनीतिक मामिलामा छलफल र वक्तव्यमा परेन । जनमतको हिसाबले मोदीले आफूजस्तै शक्तिशाली प्रधानमन्त्री बनेका ओलीलाई खुसी पार्न यसपटक कति पनि कन्जुस्याइँ गरेनन् ।

संयुक्त पत्रकार सम्मेलनमा पनि त्यो खुसी र प्रसन्नता प्रकट भयो । मोदीले ओली र आफ्नो नारा अब एउटै भएको भन्नू अर्थपूर्ण छ । कुनै नयाँ र विवादास्पद सम्झौता नगरी ओलीले भ्रमणलाई सद्भाव विस्तार गर्नेमा सीमित पारेका छन् ।

शुरु र अन्तमा नेपाली बोल्नु र ओलीलाई दिल्लीमा स्वागत गर्दा नेपाली भाषामै ट्विट गरेर मोदीले आफुप्रती नकारात्मक रहेको नेपाली मन पुन जित्न खोजेको बुझ्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा लोड भएको मार्बलले च्याप्दा एक मजदुरको मृत्यु, एक घाइते आज रातिदेखि आइतबार साँझसम्म मौसम खराब हुने सम्भावना भारतबाट फर्केपछि मन्त्री राणा- सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ चन्द्रागिरिको सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर आगलागीका घटनाबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित चोरीका २७१ वटा मोबाइल, ९ ट्याब र १५ ल्यापटपसहित ७ जना पाकेटमार पक्राउ एक्सले हाल्यो भारत सरकारविरुद्ध मुद्दा धनुषामा प्रहरीकाे हवाई फायर दस जनाले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार उच्च अदालत परिसरमा रविलाई प्रश्न, तपाईं राजावादी हो, रास्वापा लाइन के हो? कैलालीको जंगलमा अनुमति बिनै १०० भन्दा बढी विदेशी नागरिकको बसोबास, प्रशासनको २४ घण्टे अल्टिमेटम विश्वकप छनोट: कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौं : रवि लामिछाने पर्सामा प्रहरीबाटै कुटिए वडाध्यक्ष एकै विद्यालयका ८ जना जुम्ल्याहा एसईई दिँदै युट्युब भिडिओ हेरेर एक युवकले आफ्नै पेटको शल्यक्रिया गरेपछि… बेलायतको सबैभन्दा ठूलो विमानस्थल २४ घण्टाका लागि बन्द ०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा छैन : प्रचण्ड इजरायलविरुद्ध हमासको जवाफी आक्रमण, तेल अभिभमा ३ मिसाइल प्रहार