2026-09-14 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पचाल झरना चिनाउन महोत्सव

बैशाख २, कालिकोट । नयाँ वर्ष २०७५ सालको सुरुवातसँगै पचालझरना साँस्कृतिक तथा पर्यटन महोत्सव सुरु भएको छ । एसियाकै अग्लो दाबी गरिएको ३ सय ८१ मिटर अग्लो झरनाको विश्वमै पहिचान गराउन प्रचार प्रसार गर्ने उद्देश्यका साथ पचालझरना साँस्कृतिक तथा पर्यटन महोत्सवको आयोजना गरिएको हो ।

पचालझरना गाउँपालिकाले महोत्सवमा पचाल झरनाको प्रचार–प्रसार र यहाँको चिनारी दिने उद्देश्यका साथ प्रधामन्त्री केपीशर्मा ओलीद्धारा उद्घाटन हुने भनेर आयोजना गरेको उक्त महोत्सव प्रधानमन्त्री ओली रारा पर्यटन बर्ष २०७५ उद्घाटन गरी जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो सिनेट बस्ने हुँदा समय अभावका कारण कालिकोट नआएपछि कालिकोट जिल्लाका प्रतिनिधिसभा सदस्य सांसद दुर्गवहादुर रावत र राष्ट्रिय सभा सदस्य जीवन बुढाले उद्घाटन गरेका छन् ।

कर्णाली प्रदेश सरकारले कर्णाली–रारा पर्यटन बर्षसंगै कालिकोटको पचालझरना गाउँपालिकाले पर्यटन बर्षभित्र नै पचालझरनाको प्रचार लागि महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । ‘प्रदेश सरकारले कर्णाली पर्यटन बर्ष घोषणा गरेको छ’ गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले भनिन्, ‘पर्यटन बर्षलाई सफल पार्नका लागि पचालझरना महोत्सवको आयोजना गरिएको हो ।’महोत्सवमा करिब २० हजार मानिसहरुले पचालझरनाको अवलोकन गराउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले एसियाकै अग्लो पचालझरनाको बारेमा विश्वभर प्रचार पनि यसै अवधिमा गरिने बताईन् । महोत्सवमा स्थानीय खानाका परिकार, भेषभुषा, कला साहित्यहरु प्रर्दशनी गरिने गाउँपालिकाले जनाएको छ । पचालझरनाको अहिलेसम्म औपचारिक नाप लिइएको थिएन् । तर, स्थानीय तह बनेसँगै पचालझरना गाउँपालिकाको पहलमा नाप लिए पछि पचालझरना एसियाकै सबै भन्दा अग्लो भएको दाबी गाँउपालिकाले गरेको छ ।

पचालझरनाको वास्तविक उचाई ३ सय ८१ मिटर रहेको पाइएको छ । ‘यस अघि नेपालको सबै भन्दा अग्लो मानिएको तेह्रथुमको हृयातुङ झरनाको उचाई ३ सय ६५ मिटर मात्र छ । तर, हृयातुङ भन्दा पचालझरनाको उचाई १६ मिटर बढी अग्लो पाइएको हो । वास्तविक उचाई पत्ता लागेसँगै यो झरना विश्वकै ३० अग्ला झरनाहरुमा परेको छ । साविकको राम्नाकोट गाविसको खादु्रस्थित पचाल देवताका नामले चिनिएको उक्त झरनाको पुरानो स्थानीय नाम भुतिनी छहरा हो ।

स्थानीय बुद्धिजीवी तुलाराज कठायतले पहिले यो झरनामा राक्षस बस्ने गरेको र पछि पचाल देवताले राक्षसलाई भगाएर आफु बस्नथाले पछि पचालझरना भनी नामाकरण भएको बताए । महोत्सवमा बिभिन्न साँस्कृतिक झाकीहरु सहित गाउपालिका भरीका पञ्चेवाजाहरु सयुक्त रुपमा बजाउने, स्थानीय हुड्के नाच, स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको पनि प्रस्तुती रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले