2026-10-15 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तातापानी जोड्ने पुल निर्माण अन्तिम चरणमा

बैशाख ३, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित भेरी नदीमा पक्की पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ०७१ सालमा आएको बाढीले तातापानी जोड्ने एक मात्र झोलुङ्गे पुल बगाएपछि पक्की पुल निर्माणका लागि निर्माण शुरु गरिएको हो ।

तीन वर्षदेखी डुंगामा जोखिमपूर्ण यात्रा गर्दै आएका पञ्चपुरी नगरपालिका वडा नम्बर ११ र १२ का नागरिकहरुलाई पक्की पुल सम्पन्न भए आवत जावतमा सहज हुनेभएको छ ।  तत्कालीन सुर्खेत क्षेत्र नम्बर ३ का माननीय सूचना तथा संचार राज्य मन्त्री तप्तबहादुर बिष्टको पहलमा यस क्षेत्रमा पक्की पुल निर्माणको काम शुरु भएको थियो । पुल निर्माणको काम अन्तिम चरणमा रहेकाले बैशाख दोस्रो हप्तादेखी नै आवतजावत गर्न सकिने निर्माण कम्पनीले जनाएको छ ।

०७२ सालदेखी अनुक कन्ट्रक्सन प्रा.लि.ले निर्माण जिम्मा लिएको थियो । पुलको विच भागमा ढलान गरिएकाले वर्षात अगावै पक्की पुल सञ्चालनमा आउने अपेक्षा स्थानीयको छ । ३६ करोड लागतमा निर्माण भइरहेको पक्की पुलको लम्बाई लम्बाइ ३३५ मिटर छ । भेरी नदीमा पक्की पुल नहुँदा वडाका नागरिकलाई सेवा प्रवाह गर्न हुने असजहताको अन्तय हुने अपेक्षा पञ्चपुरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष हरि प्रसाद ढकालले बताए । उनका अनुसार पक्की पुलको उद्घाटन भएसंगै सुत्केरी र अन्य बिरामीहरुलाई समयमै अस्पताल पुर्याउन सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने