By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    6 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    6 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    7 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    7 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    13 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    12 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह, यस्तो छ पछिल्लो अवस्था
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > सिन्धुली - SDL > धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह, यस्तो छ पछिल्लो अवस्था
अर्थ/विकाससिन्धुली - SDL

धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह, यस्तो छ पछिल्लो अवस्था

साझासवाल
Last updated: April 17, 2018 5:33 am
साझासवाल
6 Min Read
Share

नबीनबाबु अधिकारी | बैशाख ४, सिन्धुली (रासस) | धरान–चतरादेखि हेटौँडासम्मको सडक निर्माण गर्ने क्रममा सिन्धुलीमा भने लामो समयदेखिको विवाद अझै हट्न सकेको छैन । 

राजमार्ग निर्माण अघि गरिएको नक्सांकन अनुसार झण्डै पाँच किलोमिटर सडकको ट्रयाक खन्ने विषयमा विवाद हुँदै आएको छ । राजमार्ग निर्माणका लागि शान्तिनगर चोकदेखि खट्टारसम्मको सडकखण्डको ट्रयाक अझै यकिन हुन सकेको छैन । 

नक्साङ्कन गरिएको स्थानबाट सडक विस्तार गर्दा धुराबजा, मिलनचोक, साङबाले, खट्टारका दर्जनौँ भौतिक संरचना हटाउनु पर्ने, धेरै मानिस विस्थापित तथा सुकुम्बासी हुने भन्दै स्थानीयले विरोध जनाएपछि नक्साङ्कन गरिएको स्थानबाट नभई अन्यत्रबाटै विकल्प खोज्नुपर्ने उनीहरुको माग रहेको छ । 

यस विषयमा राजनीतिक दल, आयोजना प्रमुख, स्थानीयवासी तथा प्रशासनबीच बारम्बर बैठक बसे पनि उपयुक्त निकास निस्कन सकेको थिएन । तर हाल आएर राजनीतिक दल, संघ तथा प्रदेशका सांसद, प्रशासन तथा स्थानीय सरकारले नक्साङ्कन गरिएको स्थानभन्दा उत्तरबाट उपयुक्त स्थान छनोट गरी राजमार्ग निर्माणमा सहयोग गर्नेमा ऐक्यबद्धता जनाएका छन् । 

राजमार्गलाई सिन्धुलीमाडीको पुरानो बजार धुराबजारबाट हटाउँदा सिन्धुलीमाडीको अस्तित्व नै कुरुपजस्तै हुने भन्दै विरोध व्यापक भएपछि राजमार्गको ट्रयाक परिवर्तन गर्न लामो समयपछि यस्तो ऐक्यबद्धता सम्बन्धित निकायले जनाएका हुन् । 

करोडौँ मूल्यका भौतक पूर्वाधार तथा सिन्धुलीका पुरानो पहिचानलाई जोगाउन भन्दै धरान–चतरा—हेटौँडा राजमार्गको ट्रयाक नक्साङ्कन गरिएको ठाउँबाट नभई साविक हाज्माको २ नम्बर गेट हुँदै कुमाल फाँट भई खट्टार जोड्ने सहमति भएको छ । 

धेरै दबाब र विवादपछि राजमार्गको ट्रयाक परिवर्तन गर्ने भनिएको स्थानमा पनि अहिले फेरि स्थानीयले विरोध गरेका छन् । नक्साङ्कन भएको स्थानबाट नै राजमार्ग जानुपर्ने वा अन्य स्थानबाट विकल्प खोजिनु पर्ने उनीहरुको माग रहेको छ । यदि त्यसो नभई आफूहरुको जग्गाबाट राजमार्ग लैजान खोजे चलनचल्तीको मूल्यका आधारमा मुआब्जा पाउनु पर्नेमा उनीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइसकेका छन् । 

सोही निर्णयलाई पुनःविचार गर्न सोमबार बिपीनगर आदर्श टोल विकास समितिले गरेको एक छलफल कार्यक्रममा सिन्धुली निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित संघीय सांसद हरिबोल गजुरेल र निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित प्रदेश सांसद विनोदकुमार खड्कालाई आग्रह गरेका छन् । 

स्थानीयवासीले सो क्षेत्रमा हाल भूकम्पपीडितले सात धुर, १० धुर र एक कट्ठा जग्गा किनेर घर बनाएको र आफूहरुलाई सुकुम्वासी नबनाउन आग्रह गरेका छन् । थोरै जग्गाबाट आफूहरुले गाँस, बास तथा जीवन निर्वाहको जोहो गरेकाले आफूहरुको पेटमा लात हान्ने काम रोक्न स्थानीय बुद्धिमान विकले सांसदसँग आग्रह गर्नुभयो । 

यस्तै, स्थानीय कुलबहादुर बुढाथोकीले दूधमा पानी मिसाउँदा हुने तर पानीमा दूध मिसाउँदा सेतो मात्र हुने काम भएको भन्दै जनतालाई सुकुम्वासी बनाउने काम भएकाले जनतालाई नसोधी यस्ता निर्णय गरेकाले गम्भीरतापूर्वक यसलाई लिन आग्रह गर्नुभयो । 

स्थानीयको गुनासाको सम्बोधन गर्नु हुँदै पुर्व कृषिमन्त्री तथा संसद् हरिबोल गजुरेलले धरान–चतरा—हेटौँडा राजमार्गको विस्तारका क्रममा सिन्धुलीको अनावश्यक विवादले आफूलगायत सिन्धुलीबाट निर्वाचित सांसद लज्जित हुनुपरेको बताउनुभयो । उहाँले भन्नुभयो “घरमा धारा चाहिन्छ, घर नजिकै बिजुलीको पोल चाहिन्छ, ढल चाहिन्छ र घरको ढोकाबाट निक्लने बित्तिकै गोडा उचाल्नासाथ गाडी चाहिने तर आफ्नो जग्गाको एक चिम्टी माटो पनि छुन नहुने भन्ने मानसिकता आजदेखि छाड्नुस् ।” 

आफूले सिन्धुलीको नक्साङ्कन भएको स्थानमध्ये धुराबजारदेखि खट्टारसम्मको स्थानबाट राजमार्ग विस्तार नगर्ने भनी हस्ताक्षर गरिसकेकाले यस कदमबाट पछि नहट्ने पनि बताउनुभयो । यो फाँटको खोतीयोग्य जमिन विनाश नगर्न आग्रह गर्ने तर दिन प्रतिदिन अव्यवस्थित तवरले घर उमार्ने परिपाटी ठीक नभएको उहाँको भनाइ छ । 

राजमार्ग विस्तार गर्ने क्रममा अवरोध नगर्न आग्रह गर्दै आफूहरुले यस स्थानमा आधुनिक शहरीकरणको अवधारणा र राजमार्गको विस्तारसहितको योजना बनाएकाले कसैको जग्गा पनि नहराउने, घर भत्काउनु पर्ने भएमा उचित क्षतिपूर्ति दिने पक्षमा दिन प्रतिदिन वकालत गर्दै हिँडेको स्पष्ट पार्नुभयो । 

उहाँले धरान–चतरा—हेटौँडा राजमार्ग विस्तारै पूर्वदेखि पश्चिमसम्म जोड्ने राजमार्ग हुने भएकाले पूर्व र पश्चिमको केन्द्रबिन्दु यहाँ भई व्यापारिक केन्द्र हुने भएकाले आजैदेखि आफूलाई सघाउन आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो “विकासका पूर्वाधार पनि पाउने भएकाले विकासको विरोधभन्दा पनि रचनात्मक तवरले सहयोग गर्न मेरो आग्रह छ । यस कार्यमा तपाईले गाली गरे पनि तपाँईका छोरानातिले धन्यवाद दिनेछन्, सिन्धुलीको नमूना शहर यहाँ म बनाइदिन्छु, तर राजमार्गको विस्तारमा विरोध नगर्नुस् ।” 

यस्तै, प्रदेश सांसद विनोदकुमार खड्काले आत्तिएर नास हुने भो भनी विरोध र धर्ना जुलुस गर्नुपर्ने अवस्था नभएको बताउनुभयो । यस क्षेत्रको विकासका लागि आफूहरु अहोरात्र लागि पर्ने तर तपाईहरु विरोध गर्ने हँुदा कसरी विकास हुन्छ उहाँले प्रश्न गर्नुभयो । 

कम क्षतिमा बढी लाभ हुने हेतुले यस्तो निर्णय भएको भन्दै अस्त व्यस्त शहरीकरणले देखिएका समस्या हल गर्न आफू लागेको उहाँले बताउनुभयो । 

समयमा उचित ध्यान नदिने पछि पछुताउने परिपाटी रहेको भन्दै धरान–चतरा—हेटौँडा राजमार्ग र शहरीकरणको अवधारणाले यहाँको मुहार फेर्ने भएकाले आफूहरुलाई भाग्यमानी ठानी राजमार्गको निर्माणमा अवरोध नगर्न उहाँले आग्रह गर्नुभयो । 

स्थानीयले उचित मुआब्जा पाउनु पर्ने र शहरीकरण हुने हो भने केका आधारमा हुन्छ त्यो सडक निर्माण पहिले नै जनतालाई जानकारी गराउनु पर्ने माग गरेका छन् । 

सो क्षेत्रबाट राजमार्ग विस्तार हुन नदिने भन्दै सन्तोषकुमार बोहराको संयोजकत्वमा संघर्ष समिति गठन गरी विरोधका कार्यक्रम गर्दै आएका छन् । राजमार्ग विस्तार गर्ने क्रममा जनतालाई सुकुम्वासी नबनाई सुक्षित तवरले राजमार्ग विस्तार गर्नुपर्ने उनीहरुको माग रहेको छ । 

नेपाल सरकारको राजपत्रमा उल्लेख भएबमोजिम नै राजमार्ग निर्माण हुनुपर्ने माग राख्दै संघर्ष समिति गठन गरिएको हो । राजमार्ग हाज्माको २ नं गेट हुँदै जाँदा थुप्रै संरचना तथा जमिनको विनास हुने भएकाले राजमार्ग नक्साङ्कन भएकै ठाउँबाट जानुपर्ने उनीहरुको माग रहेको छ ।  

Share This Article
Facebook Email Copy Link Print
Previous Article तीन महिनापछी तनहुँमा प्रजिअ
Next Article बहराइनको अधिराजकुमार खलिफासँग नेपाली राजदूतको भेटवार्ता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

विद्युत्भार कटौतीको अन्त्य सरकारको योजनामै भएको हो: घिसिङ

57 years ago
अर्थ/विकास

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचार

१७ अंकले घट्यो नेप्से

11 months ago
अर्थ/विकासएनआरएनगोरखा - GRKमुख्य समाचार

सुपर माछा खोला जलविद्युत आयोजनाले पायो लगानी, १८ महिनामै सम्पन्न गरिने (भिडियो रिपोर्ट)

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?