Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ बैसाख ०४ गते, अपराह्न ४:१८ बजे
अर्थ/विकास

कोठाभित्र उपभोक्ता समिति गठन भएको भन्दै उजुरी

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

बैशाख ४, कालिकोट | खाँडाचक्र नगरपालिका वडा नं. ८, ९ र १० का वडाध्यक्षहरुले कोठे उपभोक्ता समिति गठन गरेको भन्दै स्थानीयवासीहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । खाँडाचक्र नगरपालिकाको वडा नं. ८, ९ र १० मा पर्ने पिलीदेखी चियानी मेलासम्मको ग्रामीण कृषि सडक निर्माण उपभोक्ता समिति गठन गर्दा त्यहाँका उपभोक्ताहरुको भेला नै नगरी तीन वटा वडाका वडाध्यक्ष तथा केही भलादमीहरुको उपस्थितिमा उपभोक्ता समिति गठन गरिएको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

खाँडाचक्र नगरपालिका वडा नंं ९ का अध्यक्ष गोबिन्दबहादुर मल्लको अध्यक्षतामा वडा नं. ८ का अध्यक्ष आदीचन्द चौलागाई, वडा नं. १० का अध्यक्ष दिलबहादुर शाहीनगर कार्यपालिका सदस्य रुपसिंगे सार्की, सदस्य सचिव नमराज अधिकारी र आमन्त्रितमा कमलबहादुर शाही तिलागुफा नगरपालिका, अक्कलबहादुर मल्ल जिल्ला समन्वय समिति सदस्य र रवी नेपाली किर्डाक नेपालका कर्मचारीहरुको उपस्थितिमा बैठक बसी मणिऋषि अधिकारीको अध्यक्षतामा ७ ससदस्य निर्माण उपभोक्ता समितिको गठन गरिएको छ ।

जसको सचिवमा मदन बिश्वकर्मा, कोषाध्यक्ष गौरा सार्की, रतनबहादुर बिष्ट सदस्य, नमराज मल्ल सदस्य, नन्दकौँरा दमाई सदस्य, ज्योतीबहादुर शाही सदस्य रहेका छन् । योे उपभोक्ता समिति गठन भएको बैठकमा कोही पनि सदस्यहरु उपस्थिति नै छैनन् । त्यसै बैठकबाट अध्यक्ष, सचिव र कोषाध्यक्षको नाममा खाता सञ्चालन गर्ने समेत निर्णय गरिएको छ । पिलीदेखी चियानीमेलासम्मको ग्रामीण कृषि सडक निर्माणका लागि तीन वटै वडाहरुले १०∕१० लाख गरी जम्मा ३० लाख बजेट बिनियोजन गरेका छन् ।

खाँडाचक्र नगरपालिका वडा नं. १० निवासी मनजित शाहीले आफुहरुले उपभोक्ता समिति गठन भएको तीन महिना पछि पेस्की लिएपछि मात्र थाहा पाएको बताए । उनले माघमा गठन भएको उपभोक्ता समिति चैत महिनाको अन्तिममा १४ लाख पेस्की लिएर कामको सुरुवातगरेपछि पिलीदेखी चियानीमेलासम्मको ग्रामीण कृषि सडक निर्माण उपभोक्ता समिति गठन भएको जानकारी पाएर उजुरी गरेको बताए । खाँडाचक्र नगरपालिकामा आफुहरुले दिएको उजुरीको सुनुवाई नभएपछि प्रशासनमा उजुरी दिएको उनको भनाई छ ।

प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले नियम विपरीत गठन भएको उपभोेक्ता समितिलाई काम नगराउन र प्रक्रिया पु¥याएर काम सञ्चालन गर्न पत्र पठाएको बताए । उनले प्रशासनमा स्थानीयले दिएको उजुरीमा भएको श्रेष्ताहरु हेर्दा प्रक्रियागत रुपमा उपभोक्ता समिति गठन नभएको बताए । खाँडाचक्र नगरपालिका उप प्रमूख बिजया बिष्टले त्यसबारे आफुहरुलाई कुनै जानकारी नआएको बताईन् । प्रक्रियागत रुपमै उपभोक्ता समिति गठन भएको जानकारी पाएको उनको भनाई छ ।