2026-10-15 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुर्खेतमा फुटपाथ व्यवसाय गर्नेहरुद्वारा नगरपालिकामा धर्ना

सुर्खेत, ७ बैशाख । फुटपाथमा व्यापार व्यवसाय गर्दै आएका व्यापारीहरुले वीरेन्द्रनगर नगरपालिकामा शुक्रबार धर्ना दिएका छन् । वैकल्पिक व्यववस्थानविनै आफुहरुको उठिबास गराएको भन्दै उचित ठाउँको व्यवस्थापनको माग राख्दै उनीहरुले धर्ना दिएका हुन् ।

आफूहरुको गरी खाने बाटो नगरपालिकाले खोसेकाले आन्दोलन गर्नु परेको नेपाल स्वरोजगार श्रमिक संघका अध्यक्ष बालकुमारी थापाले जानकारी दिइन् । नगरपालिकाभित्र अव्यवस्थित रुपमा व्यापार गरिरहेको भन्दै नगरपालिकाले केही दिन अघि उनीहरु हटाएको थियो । आफूहरुका लागि नगरपालिकाले व्यापार गर्ने स्थान मिलाइदिनु पर्ने माग राख्दै ज्ञापनपत्र बुझाएपनि सम्बोधन नभएको थापाले बताईन् ।

तत्काल आफूहरुलाई उचित स्थान नदिए कडा आन्दोलन गर्ने बताएकी थापाले बैकल्पिक व्यवस्थापनविना नगरपालिकाले हटाउँदा परिवार पाल्न समस्या भएको बताईन् । व्यापारीहरुका लागि वैकल्पिक व्यवस्था गर्ने तयारी भईरहेको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । उनका अनुसार फुटपाथलाई व्यवस्थान गर्न उचित ठाउँको छनौट गर्न आफूहरु जुटेकोले केही दिनमै व्यवसायिक हाटबजारको व्यवस्था गरिने उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने