८ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णालीकै ठुलो र लामो औधोगिक महोत्सव शुरु, फ्री वाइफाईदेखि यातायात छुटको अफर

१३ बैशाख २०७५, बिहीबार १६:४९

नन्दराम जैसी | वैशाख १३, जुम्ला | कर्णाली प्रदेशको पर्यटकिय शहर जुम्लामा प्रादेशिक औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । कर्णालीमै पहिलो पटक आयोजना भएको ठुलो र लामो औद्योगिक व्यापार महोत्सवको बिहिबार एक औपचारीक कार्यक्रमकाबिच प्रतिनिधिसभा सांसद गजेन्द्र बहादुर महत कार्माले उद्घाटन गरेका छन् ।

यसअघि यस प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिबाट महोत्सव उद्घाटन हुने भनिएपनि उनको कार्यब्यस्तताका कारण सांसद महतले उद्घाटन गरेका हुन् । व्यापार महोत्सव यहि बैशाख २३ गतेसम्म संचालन हुने आयोजक संस्था जुम्ला उद्योग वाणिज्य संघले जनाएको छ ।   

महोत्सवलाई सफल पार्न उद्योगी, होटल व्यवसायी तथा सरोकावालाहरु लागि परेका छन्, भने महोत्सवमा देशकै ख्यातिप्राप्त १ दर्जनबढि चर्चित कलाकारहरुको प्रस्तुति सहित स्थानिय कला संस्कृति प्रर्दशन गरीने भएपछि जिल्ला बाहिर तथा भित्रबाट महोत्सव हेर्न आउनेको निकै भिँड लाग्न थालेको छ ।  

जिल्लाको समुचित विकास र यहाँका सम्भावानाहरुको प्रचार प्रशार गरी आर्थिक समृद्धी हासिल गर्ने उद्देश्यले महोत्सव शुरु भएको जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामदत्त रावलले बताए । महोत्सव ब्यवस्थापनमा झण्डै १ करोड अनुमानित लागत लाग्ने उनको भनाइ छ । उनका अनुसार बिहिबार शुरुको दिन मेला हेर्न आउने सबैले उद्घाटनको अवसरमा निशुल्क प्रवेश अवसर पाएका छन्, भने शुक्रबारबाट प्रतिदिन १ सय रुपैया टिकट लिनुपर्ने छ ।     

महोत्वसमा १ सय बढि स्टल

कर्णालीकै लामो र ठुलो प्रादेशिक महोत्सवमा झण्डै १ सय बढी स्टलहरु राखिएका छन्, भने स्टल अवलोकन गर्नेहरुको निकै भिँड लागेको छ । बिहिबार पहिलो दिनमात्र झण्डै ५ हजार बढिले मेला अवलोकन गरेका छन् । राखिएका स्टलहरुमा अधिकांश स्टलहरु जुम्लामामै पाईने अर्गानिक चिजबस्तुमा आधारीत छन् ।


अर्गानिक फापरको केक, कागुनाको खिर, जुम्ली मार्सी धानको चालम, सिमी, ओखर, चिनो, अर्गानिक सेल रोटी, कोदाका रोटी, आलु चिप्स लगायत गरी १ सय बढि अर्गानिक परिकारका स्टलहरु निर्माण गरीएका छन् । यस बाट अर्गानिक बालीको प्रचारप्रशारका साथै आर्थिक आम्दानीको स्रोत बढ्नेछ । त्सस्तै जुम्लामा पाईने लोपउन्मुख राडिपाखि र उनिका कपडा बिक्रि, जिल्लामा सम्भावनाका बोकेका विभिन्न पर्यटकिय क्षेत्रका फोटो प्रर्दशन गरीएका छन् । ७ हजारदेखि २० सम्मका स्टलहरु अग्रिम बुकिङ भएका थिए ।


महोत्सवमा फ्रि वाईफाई 

महोत्सव अबधिर फ्रि वाईफाईको व्यवस्था गरिएको छ । महोत्सवमा हुने विभिन्न गतिविधिलाई सामाजिक संजालहरुबाट देश विदेशमा प्रचार प्रसार गर्न तथा फोटो, भिडियो जोसुकैलाई  सामाजिक संजालमा तत्काल अपडेट गर्न सहजहोस् भन्ने ध्ययले फ्रि वाईफाईको व्यवस्था गरिएको हो ।    

महोत्सव मुल आयोजकसँगको समन्वयमा सिम्पल ईन्टरनेट सिस्टम एण्ड टेक्नोजी प्रा.लि ले महोत्सव अबधिभर फ्रि वाईफाई सेवा संचालन गरेको प्रा.लि का प्रमुख हर्ष शाहिले बताए ।  यसले महोत्सव हेर्न आउनेहरुको लागि सामाजिक संजालमा अपडेट रहन सहज हुने भएको छ, भने महोत्सवमा अवलोकनकर्ताहरुको पनि संख्या बढ्ने देखिन्छ । हाल जिल्लाभरी संचालन अबस्थामा रहेको सिम्पल ईन्टरनेटले कर्णालीकै पहिलो पटक यस्तो ब्यवस्था गरेको हो ।

सवारी भाडामा १५ प्रतिशत छुट

मेला हेर्न आउने आन्तरीक तथा बाह्य अवलोकनकर्ताहरुको सहजताका लागि  महोत्सव अबधिभर कर्णाली राजमार्गमा चल्ने यात्रुवाहक सवारीमा १५ प्रतिशत भाडादर छुटको ब्यवस्था गरीएको छ । राजमार्गमा चल्ने साना तथा ठुला सबै यात्रुवाहक सवारीले यसअघि लिदै आएको भाडामा १५ प्रतिशत छुटको व्यवस्था गरेका हुन् ।  

महोत्सव मुल आयोजकको अनुरोधमा उद्योग बाणिज्य महासंघ र यातायात व्यवसायी महासंघले १५ प्रतिशत छुटको ब्यवस्था गर्न निर्देशन दिएको जुम्ला उद्योग बाणिज्य संघका कार्यालय प्रमुख पारस उपाध्यायले बताए । यो सेवा नेपालका जुनसुकै जिल्लाबाट महोत्सव हेर्न जुम्ला आउनेले प्रयोग गर्नेछन् ।

महोत्सवमा बेजोड प्रस्तुती  

महोत्सवमा आकर्षक पुरस्कार सहित दोहोरी तथा देउडा संचालन हुने भएका छन्, भने चर्चित कलाकारहरुको धमकेदार प्रस्तुति रहने भएको छ । जससमा स्थानिय संस्कृती झल्काउने, ढाल नाँच, बाल नाच, देउडा, हुड्के नाच लगायतका दर्जनबढी सयौ प्रस्तुति रहने छन् ।  

त्यस्तै ख्यातीप्राप्त राष्टिय कलाकारहरुरमा माग्ने बुढा, पाँडे र जिग्री ब्रो, ज्योति मगर, पशुपति शर्मा, बद्रि पंगेनी, प्रमोद खरेल, पुस्कल शर्मा, अछामि बड्डो, कल्पना ढुंगाना, शुकदेव अधिकारी, खुमन अधिकारी, चक्र बम, गुलेली कान्छा, टंक तिमिल्सीना, गोपाल नेपाल, आरसी मगर, घिरौला जोडी, दाह्री बा, सम्झना लामिछाने मगर, रेखा जोशी, एमटी महरा लगाएतका विभिन्न चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी सेवामा अब राष्ट्रिय परिचय पत्र अनिवार्य हुँदै बिहेकै रात गलत तरिकाले युवतीको ‘भर्जिनिटी टेस्ट’, फेल भएपछि यातना र तनाब ! अदालत पुग्यो मुद्दा भैरहवा पुगे लामिछाने, भोलि अदालतमा हाजिर हुने प्रहरीलाई गायिका आस्था राउतको कटाक्ष : न्वारन देखिको बल निकालेर ठोक्नु भएछ नी त्यो भाइलाई मामा.. पछिल्लो साढे ६ वर्षको अवधिमा नेपालमा १ अर्बभन्दा बढी कण्डमको आयात, कोभिडको समयमा सबैभन्दा बढी खपत मेयर राईलाई खानेपानी मन्त्रीले भने- यसै वर्ष टेन्डर हुन्छ, खुसी भएर धरान फर्किनुस् क्लोज क्याम्प छाड्दा कारबाहीमा नपरेका सन्दीपमाथि अम्पायरबारे टिप्पणी गर्दा अनुशासनको कारबाही भीम रावललाई गृहजिल्लामा समर्थन, हजारभन्दा बढीले छोडे एमाले क्यानको कारवाहीमा परे सन्दीप लामिछाने समीक्षा अधिकारी र ज्योती मगरबीच ‘सामाजिक सञ्जालयुद्ध’ भाइरल अभियन्ता आशिकालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति शशांक र चन्द्र भण्डारीलाई दायाँ-बायाँ राखेर प्रचण्डको उद्घोष: ओली सरकार धेरै लामो जाँदैन महोत्तरीमा २९ वर्षीय युवकको शव अर्धनग्न अवस्थामा फेला, हत्याको आशंका लामिछानेसहितलाई धरौटीमा छोडनुको कारण पेश गर्न उच्च अदालतको आदेश युके,अमेरिका र अस्ट्रेलिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक महिलासहित तीनजना पक्राउ प्रहरीबाट युवकमाथि निर्घात कुटपिट : कुटिनुअघिको पष्ठभूमि के थियो ? विपिन जोशी सुरक्षित रहेको जनाउने तीन आधार महाकुम्भमा आँखाकै कारण भाइरल बनेकी मोनालिसालाई फिल्मकाे अफर डोनाल्ड ट्रम्पका नयाँ १० आदेश : अवैध आप्रवासी प्रवेशमा प्रतिबन्धदेखि मेक्सिकोको सीमामा आपतकाल घोषणासम्म रित्तो गाग्रीसहित सिंहदरबार पुगेका हर्क साम्पाङको गाग्री प्रहरीले खोस्यो