2026-10-15 12:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खुला दिसामुक्त जिल्लामै छैनन् चर्पी

वैशाख २७, सुर्खेत | खुला दिसामुक्त क्षेत्र घोषणा गरेका क्षेत्रहरु घोषणमा मात्र सिमित भएका छन् । अझै धेरै ठाँऊमा शौचालय बन्न सकेका छैनन् भने भएका ठाँउमा पनि कामचलाउ र कच्ची शौचालय रहेका छन् । सुर्खेतका पश्चिमका चौकुने,  पञ्चपुरी, बराहताल लगायत नगरपालिका तथा गाउपालिकाका अधिकांश गाँउहरुमा अझै पनि चर्पी प्रयोग गर्दैनन् । शौचालय प्रयोग भएका क्षेत्रमा पनि कच्ची शौचालय प्रयोग भएकाले प्रभावकारी देखीएको छैन् । त्यस्तै वीरेन्द्रनगर, लेकबेशी, नगरपालिका तथा चिङ्गाड, सिम्ता लगायतका गाँउपालिकाको अवस्था पनि उस्तै रहेको छ ।

साविकका गासिसहरु र विभिन्न संघ संस्थाले अभियान संचालन गरेर खुला दिशा मुक्त क्षेत्र  घोषणा गरे पनि प्रभावकारी नभएको हो । खुला दिशा मुक्त क्षेत्र घोषणा गर्दा लहडले चर्पी निर्माण गर्न लगाइए पनि उचित जनचेतनाको अभावमा चर्पीको उपयोगिता सोचे जस्तो भएको देखिदैन् । जसका कारण खुला दिशा मुक्त घोषणा कार्यक्रम अभियानमा मात्रै सिमित भएको छ । कतिपय निर्माण भएका शौचालय कहि प्रयोगवीहिन छन भने कतै भत्किएका अवस्थामा रहेकाछन् । पानीको अभावका कारण धेरैजसो नागरिकहरु चर्पीको निर्माण भए पनि खुला ठाउँमा दिसापिसाब गर्ने गरेका छन् । कतिपय ठाँउमा अभियानका क्रममा बनाईएका चर्पीहरु भत्केका छन् । पहिले खुला दिशा मुक्त क्षेत्र घोषणा गर्नको लागि धेरै जनचेतनामूलक कार्यक्रम संचालन गरे पनि उक्त अभियानलाई निरन्तरता दिन नसक्दा कार्यन्वयनम समस्या देखीएको हो । जन चेतनाको अभियान नियमित रुपमा संचालन गरिनु पर्ने पञ्चपुरी नगरपालिका २ का वडा सचिव तिलकराम अधिकारी बताउछन् । स्थानीय निकायका जनप्रतिनिधिहरुले पनि राष्ट्रिय अभियानलाई नियिमत संचालन गर्नुपर्ने बताएका छन् ।

गाँउघरमा चर्पी नभए पछि र भएका चर्पी पनि प्रयोगमा नआउदा समस्या भएको कारण नगर तथा वडाहरुमा पुर्ण सरसफाइ कार्यक्रम पनि प्रभावित भएको छ ।  अझै पनि समुदायमा सचेतताको कमि भएकोले वडा स्तरबाट योजना बनाएर भत्केका चर्पी पुनःनिर्माण गर्दै सरसफाई सम्बन्धी अभियानलाई नियमिति रुपमा सञ्चालन गरिनु पर्ने वीरेन्द्रनगर नगरपलिकाका उपप्रमुख मोहनमाया ढकालले बताईन् । सरसफाईलाई अगाडी बढाउनका लागि प्रत्येक व्यक्तिले म बाट शुरु गर्नु पर्ने वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए । ‘हरेक व्यक्तिले आफूबाट पहिले म शुरु गर्छु भनेर लागेमा मात्र पुर्णसरसफाईका सुचकहरु पुरा गर्न सकिन्छ ।’ उनले भने । पुर्ण सरसफाई युक्त नगर निर्माणका लागि स्थानिय सरकारका पदाधिकारी तथा कर्मचारीहरुलाई पनि सचेतनाको आवश्यक्ता रहेको दलित गैरसरकारी संस्था महासंघका केन्द्रिय सचिव नारायण विकको भनाई छ । उनले भने ‘अहिलेको युगमा पनि साबुन पानीले हात धुन सिकाउनु पर्ने अवस्था रहेको छ, सरसफाई कुनै सरकार वा संस्थाको काम भए जस्तो गरी आफ्नो जिम्मेवारी ननिभाउने प्रवृति बढ्दै गएको छ, जिम्मेवार नागरिक बनाउन तिर कार्यक्रम बनाउनु पर्ने देखिन्छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु