2026-10-15 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली प्रदेश सभाको बर्खे अधिवेशन हुँदै

जेठ १०, सुर्खेत | कर्णाली प्रदेशसभाको बर्खे अधिवेशन शुक्रबार बाट सुरु हुँदैछ । गत माघ २१ गतेबाट सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन २६ घण्टा ४३ मिनेट चलेर बैशाख १८ गते अन्त्य गरिएको थियो । हिउँदे अधिवेशन सकिएको २३ दिनपछि शुक्रबार प्रदेश सभाको बर्खे अधिवेशन सुरु हुन लागेको हो । सरकारले संसदलाई बिजनेस् दिन नसकेको भन्दै प्रतिपक्षको चर्को आलोचनाकाबिच पहिलो अधिवेशन सकिए पनि बर्खे अधिवेशनका लागि भने प्रयाप्त बिजनेस हुने विश्वास गरिएको छ ।

कर्णाली प्रदेश सभाको बर्खे अधिवेशन अगावै विभिन्न सात वठा विधेयकहरु संसद सचिवालयमा दर्ता भई सकेका छन् ।सामाजिक संघसंस्था सञ्चालन तथा व्यवस्थापन विधेयक–२०७४, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवासम्बन्धी कानुन तर्जुमा गर्न बनेको विधेयक–२०७५, कर्णाली प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि ऐन–२०७५, कर्णाली प्रदेशको गाउँसभा र नगरसभाका कानुन निर्माण प्रक्रियासम्बन्धी ऐन–२०७५ संसद्मा पेश हुने संसद सचिवालयले जानकारी दिएको छ ।

विहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफलपछि प्राथमिकतामा आधारमा चार विधेयक संसदमा पेश हुने सहमति भएको एमाले सचेतक गुलावजंङ्ग शाहले जानकारी दिए । उनका अनुसार पहिलो अधिवेशनकै क्रममा संसद्दर्ता भएकोकर्णाली प्रदेश आकस्मिक कोष विधेयक–२०७५ पारित गर्ने कार्यसूची छ ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक–२०७५, कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन–२०७५ पनि सचिवालयमा दर्ता भएका छन् । यी विधेयक संसदको अर्को बैठकमा पेश हुनेछन् । संसदको बैठक दिउँसो १ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु