२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यसरी पाइन्छ प्रमाणपत्र धितो राखेर ऋण, कति पढ्नेलाई कति ऋण ?

२०७५, १८ जेष्ठ शुक्रबार ०७:४२

जेठ १८, काठमाडौं । केहि बर्षदेखि बहशमा रहेको बिषय 'शैक्षिक प्रमाणपत्र धितोमा राखेर बैंकबाट ऋण' पछिल्लो समय थप चासोको बिषय बनेको छ । सरकारले आगामी वर्षको बजेटमार्फत शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने घोषणा गरेपछि यसबारे सबैमा चासो बढेको हो ।

यसअघि केपी शर्मा ओलीकै पालामा शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने व्यवस्था गर्ने नीति लिईएको थियो । अब भने यो बिषयले प्राथमिकता पाउने निश्चित भएको छ । अब स्थाई सरकारले कार्यविधि बनेर पास भए लगत्तै आफ्नो शैक्षिक योग्यताको सर्टिफिकेट धितो राखेर ऋण पाउने भएका छन । सरकारको घोषणा अनुसार अब आफ्नो शैक्षिक प्रमाणपत्र धितोमा राखेर ७ लाख रुपैयाँसम्म ऋण लिन पाईनेछ त्यो पनि ५ प्रतिशत मात्रै ब्याज लाग्नेछ । तर यसको केहि मापदण्ड भने ऋण लिनेले पुरा गर्नु पर्नेछ । 

सरकारी योजना अनुसार युवाहरुलाई उद्यमशील बनाएर शैक्षिक बेरोजगारीको दर घटाउने र राष्ट्रिय उत्पादन बढाउने उद्देश्यले यो योजना अघि सारिएको हो । सरकारी नीति अनुसार कति पढेकाले कति ऋण पाउने भन्ने बारे कुनै स्पष्ट टुंगो नलागीसकेको भएपनि न्युनतम र अधिकतम योग्यता अनुसार ऋण रकम निर्धारित हुनसक्ने बताइएको छ । 

सरकारले ऋणको ब्याजदरमा अनुदान दिएर बैंक मार्फत यो नीतिलाई कार्यान्वयनमा ल्याउने नीति लिएकाले छिट्टै यस नीति अघि बढ्ने विश्वास छ । तर यसको उपयुक्त नीति नभएमा यस अघिको युवा स्वरोजगार कार्यक्रम जस्तै हुने कतिपयको विश्लेषण छ ।  

सरकारी घोषणा अनुसार प्रमाणपत्रको आधारमा ऋण कसरी लिन सकिन्छ भन्ने कुरामा अहिलेनै यसै भन्न नसकीएता पनि यस बारे चर्चाहरु मन्त्रालय र यस अघिको योजना अनुसार थाहा पाउन सकिन्छ । सरकारले ब्याजमा अनुदान दिने हुँदा बैंकले प्रमाणपत्रको आधारमा ऋण दिन सक्छन । ऋण लिन चाहनेले आफ्नो शैक्षिक प्रमाणपत्र र आफ्नो नागरिकता धितोमा राखेर आवेदन दिन सक्छन । 

बैंक तथा वित्तीय संस्थामार्फत ऋण लिएपछि ऋण लिनेले आफ्नै देशमा बसेर अनिवार्य उद्योग तथा व्यवसाय सञ्चालन गर्नुपर्ने हुन्छ । जुन उद्योग तथा व्यवसाय अनिवार्य बिमा कम्पनीमार्फत बिमा गरेको पनि हुनुपर्छ । यो योजनालाई टेकेर सहजै बैंकले ऋण दिने अर्थ मन्त्रालयको दावी छ । त्यसो त आफूले बर्षौं मेहनत गरेर आर्जन गरेको प्रमाणपत्रनै धितोमा भएपछी ऋण लिनेले पनि बाध्य भएर ऋण फिर्ता गर्नेछ । जसको लागि सरकारले ऋण लिएर तोकिएको समयमा नबुझाउनेहरुको विभिन्न सुविधाहरु खोस्नेछ । 

यस अघि विष्णु पौडेल अर्थमन्त्री हुँदा तत्कालीन नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्नातकोत्तर, स्नातक र प्लस टु पास गरेकालाई क्रमश १० लाख, ७ लाखस र ५ लाख ऋण सुविधा उपलब्ध गराउन माग गरेकोमा त्यसैलाई आधार मानेर अहिलेको सरकारले सहुलियत ऋण दिन लागेको छ । यदी अनेरास्ववियुकै सुझावलाई टेकेर ऋण दिने नीति आएमा सबैभन्दा बढी पढ्नेले ७ लाखसम्म ऋण पाउने छन् अर्थात स्नातकोत्तर पास गर्नेले ७ लाख पाउने छन् भने स्नातक र प्लस टु पढ्नेले क्रमश पाँच लाख र तीन लाखसम्म ऋण पाउने चर्चा छ । 

सरकारले यो बर्षको बजेटमा प्राथमिकता सहित प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तर्गत घोषणा गरेको हुनाले यो कार्यान्वयनमा आउने अर्थ मन्त्रालयको दावी छ । योजना कार्यान्वयनमा लान सरकारले ३ अर्व १० करोड रुपैया बजेट छुट्टाएको छ ।

त्यस्तै सरकारले नीति अनुसार विदेशबाट सिप सिकेर नेपालमा उद्योग तथा व्यवसाय सञ्चालन गर्न चाहनेहरुलाई १० लाखसम्म ऋण दिने उल्लेख छ । वैदेशिक रोजगारीबाट फर्केकाहरुको भने कामदारको सीप परीक्षण गरि ऋण रकम दिने योजना छ । यस अघि श्रममन्त्री गोकर्ण विष्टले सीप सिकेका कामदारलाई मात्रै वैदेशिक रोजगारीमा जान दिने घोषणा गरेका थिए । जुन घोषणा अनुसार सरकारले बजेट भाषणमै यस बिषयलाई प्राथमिकता दिएको छ भने बैदेशिक रोज्गारीमा जानेहरुलाई थप सहज बनाउन ७ वटै प्रदेशमा श्रम स्वीकृतिको लागि कार्यालय स्थापना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा