२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फेरी बढ्यो इन्धनको मूल्य, नयाँ मूल्य कति ?

२०७५, १९ जेष्ठ शनिबार १४:३४

जेठ १९, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेको हो ।

अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।

शनिबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमका सञ्चालक समितिका सञ्चालक अरबिन्द अग्रवालले जानकारी दिए ।

भारतीय आयल कर्पोरेशन (आईओसी)ले शुक्रबार नयाँ मूल्यसूची पठाएको थियो । यो पटक मूल्य बढाउँदा अझै पनि निगमलाई महिनामा १८ करोड ६२ लाख घाटा छ ।

यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेलमा ३.४९ रूपैयाँ घाटा छ ।   ग्यासमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा छ ।

यो घाटा मूल्य स्थिरीकरण कोषबाट ब्यहोर्ने योजना निगमो छ । करिब साढे ४ अर्ब जम्मा भएको यो कोषबाटघाटा ब्यहोर्न निनगमले सरकारसँग प्रस्ताव गरेको निगमका कार्यकारी निर्देशक सुशिल भट्टरार्इले जानकारी दिए ।

निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ७५ डलर रुपैयाँ बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पछिल्लो समयमा लगातार वृद्धि भइरहेको छ । निगमले प्रत्येक १५/१५ दिनमा आउने नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरेको हो ।

नयाँ मूल्यअनुसार भारतमाभन्दा नेपालमा पेट्रोल एक लिटरमा २२ र  डिजेल २४ रूपैयाँ सस्तो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी