२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

किर्तीपुरमा गाडि पुगे पछि खुशियाली

२०७५, २१ जेष्ठ सोमबार १६:१९

जेठ २१, कालिकोट | शान्नित्रिवेणी गाउँपालिकाको वडा नं. ७ कृतीपुरमा पहिलो पटक गाडि पुर्याईएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा बिनियोजना गरेको ९० लाखको लागतमा निर्माणाधीन तुसार खोलादेखी कृतिपुरसम्मको ३ किलोमिटर सडक निर्माणको काम पुरा भएपछि पहिलो पटक गाडि पुर्याईएको हो ।

शान्नित्रिवेणी गाउँपालिका वडा नं. ७ की सरिता सिम्खाडाले गाउँमा गाडि पुगेपछि निकै खुसी भएको बताईन् । उनले विगतमा दैलेको टुनिबरगर पुगेर भारी भोकी सामान ल्याएको सम्झना गर्दै आफ्नै पालामा घर अगाडिबाट गाडी चढ्न पाईने भएपछि निकै खुशी लागेको बताईन् । गाउँमा गाडि पुगेपछि स्थानीयले खुशियाली पनि मनाएकाछन् ।

यातायात सेवाका हिसावले जिल्लाका अन्य स्थानीय तहभन्दा पछाडि परेको शान्नित्रिवेणी गाउँपालिकाले यस बर्ष सडक निर्माणलाई पहिलो प्राथमिकता दिए अनुसार वडा नं. ७ मा गाडी गुडाउन सफल भएको वडा नं. ७ का वडा अध्यक्ष मणीप्रसाद सिम्खाडाले बताए । उनले अब वडामा हुने स्थानीय उत्पादनहरुको बजारीकरणका साथै अन्य आयआर्जनका क्रियाकलापमा सडक सहयोगी बन्ने बताए ।

शान्नित्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले तुसारखोलादेखी कृतीपुरसम्मको सडक उद्घाटन गर्दै आफुले गाउँपालिकामा सडक, विद्युत र शिक्षालाई पहिलो प्राथमिकता दिएको बताए । उनले यसै आर्थिक बर्षको अन्त्यसम्म वडा नं. ७ को तुसारखोलादेखी मुम्राचौर सम्मको सडक निर्माण पुरा गर्ने बताए ।

शान्नित्रिवेणी गाउपालिका कृषि शाखा प्रमुख पर्शुराम काफ्लेले गाउँपालिकाको वडा नं. ७ कृतीपुरमा गाडी पुगेसँगै कृषि उत्पादनमा बृद्धि हुने बताए । उनले त्यहाँको सम्भावनाका हिसावले बिभिन्न जातका मौषमी तथा बेमौषमी तरकारी बालीहरुको पकेट क्षेत्रका रुपमा रहेको कृतीपुरमा अब किसानले तरकारी खेतीबाटै राम्रो आम्दानी लिन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी