2026-08-29 11:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुर्खेतमा किन नबनाउने अन्तर्राष्ट्रिय विमानस्थल ?

जेठ २३, सुर्खेत | सुर्खेतमा निर्माण गरिने भनिएको बहुप्रतिक्षित विमानस्थल निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । यसअघि भेरीगंगा नगरपालिका–१० छिन्चुस्थित मदानेचौरदेखी न्याउली चौरसम्म गरिएको सर्भे अनुसार विमानस्थल निर्माण प्रक्रिया शुरु हुने भएको हो । केही वर्षअघिसम्म गरिएको सर्भेमा अन्तर्राष्ट्रियस्तर विमानस्थल बनाउने चर्चा थियो ।

नागरिक उड्यन मन्त्रीसहितको टोलीले मदानेचौरदेखी न्याउलीचौरसम्म विमानस्थल निर्माण गर्न सम्भव भएपनि अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल बनाउन नसकिने बताएको छ । अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थलको लागत बढी भएको र नजिकै अग्ला डाँडाहरुले ठूला विमान अवतरणमा समस्या हुने भएकाले प्रादेशिक विमानस्थल बनाउन सकिने नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले बताए ।

अन्तर्राष्ट्रिय मापदण्डको र प्रादेशिक विमानस्थलको लागत खर्च झण्डै १० अर्बकै हाराहारीमा रहने प्राधिकरणकै भनाई छ । अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन सुर्खेतका उत्तरगंगा, रामघाट र मदानेचौर गरी तीन ठाउँमा सम्भाव्यता अध्ययन गरिएको थियो । यो मध्ये मदानेचौरदेखी न्याउलीचौरसम्मको ठाउँलाई उपयुक्त मानिएको छ । वीरेन्द्रनगरमा नजिकै ठूला डाँडा र भ्यालीको माटो उपयुक्त नभएकाले थप विमानस्थल बनाउन नसकिने प्राधिकरणको भनाई छ ।

नागरिक उड्यन मन्त्रीसहितको टोलीले स्थलगत र हेलिकोप्टरबाट विमानस्थल क्षेत्रको निरिक्षण गरेको छ । ‘अन्य प्रदेशको तुलनामा कर्णाली पछि पारिएको प्रदेश हो’ नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले भने, ‘मेरो कार्यकालमा कर्णालीलाई विशेष महत्व दिँदै सुर्खेतमा विमानस्थल निर्माण गर्न कटिवद्ध छु ।’ मदाने चौरमा विमानस्थलको रनवे २ हजार ६ सयमिटर रहनेछ । केन्द्रीय सरकारले अघिल्लो वर्षसम्म विमानस्थलका लागि बजेट छुट्याउँदै आएको थियो । तर बहूमतप्राप्त कम्युनिष्ट सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा सुर्खेतमा विमानस्थल निर्माणका लागि बजेट विनियोजन गरेको छैन् ।

प्राधिकरणको प्राविधिकसहितको टोली लिएर सुर्खेत आएका मन्त्री अधिकारीले केन्द्रीय बजेटमा विमानस्थल नसमेटिएपनि प्राधिकिरणमा बजेटमा बजेट छुट्याउने आश्वासन दिए । अन्य प्रदेशभन्दा सुर्खेतमा विमानस्थल अत्यावश्यक रहेकाले केही दिनमा देखिने काम गर्ने वचन दिएर मन्त्री अधिकारी फर्किएका छन् । सुर्खेतमा भरपर्दो विमानस्थल नहुँदा प्रदेशको पर्यटन र व्यापार व्यवसाय ओझेलमा परेको नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले बताए ।

उत्तर–दक्षिण रनवे भएको विमानस्थल ४ दशक अघि बनाइउँदा अहिले समस्या झेल्नु परेको शाहीको भनाई छ । प्रादेशिक विमानस्थलभन्दा क्षेत्रफल धेरै ओगटेर भएपनि अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल बनाउन सुझाव दिएका शाहीले पछि पश्चातमा हुने खालको विमानस्थल नबनाउन आग्रह गरे । मदाने चौरमा प्रयाप्त ठाउँ रहेकाले अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल बनाउन उनको माग थियो । मदाने चौरका नागरिकहरुले केही वर्षअघि विमानस्थलका लागि जग्गा हस्तान्तरण गर्न तयार रहेको भन्दै हस्ताक्षर बुझाएका थिए । वीरेन्द्रनगरमा रहेको एक मात्रै विमानस्थल उत्तर–दक्षिण रनवेहुँदा नजिकैका पहाडले ठूला जहाज अवतरण गर्न सकिदैन् । तर बुद्ध एयरले गतचैत्र अन्तिम सातादेखी एटिआर–७२ विमान काठमाडौं सुर्खेत नियमित उडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने