२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतको ४ सहर: इन्धनको भाउ राज्यपिच्छे फरक, नेपालको भन्दा कति महँगो ?

२०७५, २७ जेष्ठ आईतवार ०६:०२

जेठ २७, काठमाडौँ | भारतीय बजारमा पेट्रोलको भाउ बढ्दा नेपालमा पनि त्यसको असर हुन्छ । नेपालमा पछिल्लो समय सरकारले इन्धनको भाउ बढाउनुको कारण पनि भारतीय बजारकै मूल्य वृद्धिको असर हो । तर नेपालमा भन्दा भारतमा इन्धनमा भाउ निकै महँगो छ । 

पछिल्लो १२ दिनमा भारतमा इन्धनको मूल्यमा केहि सस्तो भएको छ । तर भारतमा राज्य पिच्छे इन्धनको भाउमा फरक छ । भारतको राजधानी दिल्लीमा अन्य राज्यको तुलनामा इधनको भाउ सस्तो छ । शनिबारको मूल्यलाई आधार मान्ने हो भने दिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर नेपाली रुपयाँ १२४ रुपयाँ ८५ पैसा छ, जुन नेपालको हालको मूल्य भन्दा ११ रुपयाँ ८५ पैसा सस्तो हो । 

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसंगै त्यसको असर नेपाल-भारतमा पनि पर्छ । पछिल्लो समय इन्धनको मूल्य घट्दै जाँदा नेपालमा पनि सरकारले बढाएर ११३ रुपयाँ पुर्याएको पेट्रोलको मूल्य केहि घट्न सक्ने देखाएको छ ।  

त्यस्तै भारतमा डिजलको मूल्य नेपाली पैसा अनुसार प्रति लिटर १०८ रुपयाँ ९६ पैसा रहेको छ । जुन नेपालको हालको मूल्य भन्दा झन्डै १४ रुपयाँ महँगो हो । नेपालमा डिजेलको मूल्य अहिले ९५ रुपयाँ तोकिएको छ । 

भारतको ४ राज्यमा इन्धनको मूल्य कति कति ?

(मूल्य नेपाली रुपयाँ अनुसार)

दिल्ली: (पेट्रोल) १२२.८५/- (डिजेल)  १०८.९६/- 

कोलकाता: (पेट्रोल) १२७.१०/- (डिजेल) ११३/- 

मुंबई: (पेट्रोल) १३५.३८/- (डिजेल) ११६/-

चेन्नई: (पेट्रोल) १२७.५०/- (डिजेल) ११५/- 

यदी मुम्बईको तुलनामा नेपालको पेट्रोलको भाउ तुलना गर्ने हो भने नेपालमा मुम्बई भन्दा पेट्रोलको मूल्य २२ रुपयाँ ३८ पैसा सस्तो पर्छ ।  त्यस्तै डिजेलको भाउ मुम्बईमा भन्दा नेपालमा २१ रुपयाँ सस्तो पर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी