2026-08-30 07:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुर्खेत उपत्यका खानेपानी संस्थाका संरचनामा टुक्रे विकासले ठूलो क्षती

असार २, सुर्खेत । वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै सुर्खेत उपत्यका खानेपानी संस्थाका संरचनामा टुक्रे विकासले ठूलो क्षती पु¥याएको छ । वीरेन्द्रनगरका दर्जनबढी स्थानमा विकास निर्माणका नाममा डोजर आतंकले संस्थाको खानेपानी पाइप लाइनमा लाखौंको क्षती पुगेको हो ।

वीरेन्द्रनगरका विभिन्न भागमा नाली, सडक विस्तार तथा निर्माणका नाममा मनपरी लगाइने डोजरले खानेपानी पाइप लाइनमा क्षती पुगेको छ । नगर भित्रका विभिन्न खानेपानी पाइप लाइनमा टुक्रे विकासका नाममा डोजरले झण्डै ८ लाखको क्षती पु¥याएको संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए । स्थानीय सडक निर्माणका क्रममा स्काभेटर चालकको असावधानीले पाइप लाइन काटिने गरेका छन् । पछिल्ला तीन हप्तामा संस्थाले पाइपलाइनमा ठूलो क्षती ब्यहोर्नु परेको छ । अध्यक्ष देवकोटाका अनुसार वीरेन्द्रनगरको मुलपानी चौक, महिला प्रशिक्षण केन्द्र, क्याम्पस क्षेत्र, गण्डकी टोल, राजमार्ग लाइन लगायतका दर्जनबढी ठाउँमा विछ्याएका पाइपहरुमा क्षती पुगेको हो । सतह ढल निर्माणका नाममा विछ्याएका पाइपमा बढी नोक्सान भएको अध्यक्ष देदकोटा बताउँछन् । ‘समन्वयविना काम गर्दा संस्थाले ठूलो क्षती बेहोर्नु परेको छ’ देवकोटा भन्छन्, ‘नोक्सानी पु¥याएपछि पाइप फुट्यो भनेर खवर आउँछ यस्तो वेथितिका कारण मर्मत सम्भार गर्न मात्रै लाखौंको नोक्सानी भइरहेको छ ।’

केही दिन अघि मात्रै प्रतिसेकेण्ड ८६ लिटर पानी सप्लाई गर्दै आएको झुप्रा खोलाको पाइपलाइनलाई स्काभेटरले सिरेनी खण्डमा फुटाएको थियो । रतु–पारेगाउँ सडक निर्माण उपभोक्ता समितिले सडक निर्माण गर्न स्काभेटर प्रयोग गरेको थियो । सडक निर्माणका लागि वीरेन्द्रनगर नगरपालिकाले ५ लाख रुपैयाँ रकम विनियोजन गरेको हो । सडक निर्माण उपभोक्ता समितिले स्काभेटरको प्रयोग गरेर सडक बनाउँदा पाइपलाइनमा प्वाल परेको थियो । चालक संवेदनशील भएर स्काभेटर चलाउन बारम्बार खानेपानीका पाइप लाइनहरु फुट्ने र काटिने गरेको संस्था बताउँछ । सजिलो ठाउँमा पनि पाइपलाइन ध्वस्त पार्ने कार्य गैरजिम्मेवार रहेको संस्थाका अध्यक्ष देवकोटाले बताए । ‘जहाँ बाटो पनि राम्रो छ, तर सतह ढल निर्माणका नाममा बलमिच्याइँ गरेर पाइपलाइन क्षति गगरिएको छ,’ उनले भने, ‘यस्ता गैरजिम्मेवार कामलाई संस्थाले सहेर बस्दैन, लागत खर्च नतिरे कानूनी बाटो अपनाउने गरी अघि बढेका छौं ।’

जेठ र असारे विकासका कारण संस्थाले विछ्याएको पाइप लाइनमा बढी नोक्सानी हुँदै आएको छ । खानेपानी नियमित नहुँदा सास्ती भोग्दै आएका उपभोक्ता विकास निर्माणको क्रममा पाइप काटिदा थप समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने