2026-09-13 05:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटका स्थानीय तहले बजेट ल्याउन सकेनन्

असार १२, कालिकोट | तीन नगरपालिका र ६ गाउँपालिका रहेको कालिकोटमा दुई नगरपालिकाकाले मात्र आर्थिक वर्ष २०७५/७६ को बजेट ल्याएका छन्। तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाले बजेट ल्याएका हुन्। अन्य गाउँपालिका र नगरपालिकाले अहिलेसम्म नीति तथा कार्यक्रम नै ल्याउन नसकेका हुन् ।

तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाले ल्याएको नीति कार्यक्रममा पूर्वाधार विकास, कृषि, विद्युत्, सडक, खानेपानी, शिक्षा र रोजगारीलाई प्राथमिकता दिएका छन् । रास्कोट नगरपालिका प्राथमिकतामा एक व्यक्ति एक सीप, एक व्यवसाय रास्कोट नगरपालिकाले २९ करोड १६ लाख ५४ हजार ५ सय २० रुपैयाँको बजेट नगरसभामा पेश गरेको छ ।

बजेटमा ‘एक व्यक्ति एक सीप, एक व्यवसाय’को नीति अवलम्बन गरिएको छ। कृषि, सुपथ मूल्य पसल, मदिरा निषेधित क्षेत्रलगायत विषयलाई प्राथमिकतामा राखिएको छ। जन्म, मृत्यु, विवाह दर्ता लगायत दर्ता गर्दा बिरुवा रोपेको प्रमाणपत्र अनिवार्य ल्याउनु पर्ने नीति कार्यक्रम ल्याइएको छ। ‘कृषिमा कोल्ड स्टोर, अनिवार्य कृषि बीमा, सौर्य उर्जा, वायु उर्जा लगायत विषय समटेर बजेट ल्याएका छौँ’, रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले भने, ‘यसलाई नगरसभाबाट छलफल गराएर कार्यान्वयनमा ल्याइने छ ।’ 

तिलागुफा नगरपालिका  तिलागुफा नगरपालिकाले पनि आफ्नो बजेटमा रोजगारी तथा आर्थिक बृद्धिका लागि स्वरोजगारमूलक कार्यक्रममार्फत आत्मनिर्भर बनाउन विशेष पहल गर्ने, भौतिक पूर्वाधार र जलविद्युतको विकासद्वारा दिगो र फराकिलो आर्थिक वृद्धि हाँसिल गरी गरिबी न्युनिकरणमा जोड दिने उल्लेख गरेको छ।

आर्थिक स्रोत अभिवृद्धि गर्दै आत्मनिर्भरता बढाउनेतर्फ विशेष पहल गर्ने, जेष्ठ नागरिक, महिला, दलित, आदिवासी जनजाति, फरक क्षमता भएका व्यक्ति, पिछडिएको वर्ग तथा क्षेत्रको विकासमा जोड दिई समावेशी र दिगो विकासको अवधारणा आत्मसात गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। पर्यटकीय गन्तव्यको पहिचान तथा विकास गरी पर्यटन प्रवद्र्धनमा जोड दिने नीतिका साथ आर्थिक वर्षको बजेट ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले