2026-09-14 05:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश ५ द्वारा बजेट कार्यान्वयनको प्रगति समीक्षामा छलफल जारी

साउन १०, बुटवल | प्रदेश नं ५ सरकारले गत आर्थिक वर्षको बजेट कार्यान्वयनको प्रगति समीक्षाका साथै चालू आवको बजेट तथा नीति कार्यक्रमको कार्ययोजना कार्यान्वयनका विषयमा मन्न्त्रालयगत छलफल जारी राखेको छ । 

प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित मन्त्रालयगत प्रस्तुतीकरण कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालय तथा प्रदेशसभा सचिवालयसमेतले आव २०७४/०७५ मा तय गरिएका कार्ययोजना, बजेटको कार्यान्वयन र चालू आव २०७५/०७६ को नीति तथा कार्यक्रम, बजेट वक्तव्यमा रहेका नीति तथा कार्यक्रमको कार्यान्वयन कार्ययोजनालगायतका विषयमा आआफ्ना कार्ययोजनाका विषयमा छलफल चलाइरुहेको हो । 

विभिन्न मन्त्रालयले आआफ्नो मन्त्रालयगत प्रस्तुतीकरणमा नीति कार्यक्रमको कार्यान्वयन प्रद्धति, संस्थागत व्यवस्था, ऐन कानून, नियम, निर्देशिकको तर्जुमा वा परिमार्जन गर्नुपर्ने आवश्यकता, जिम्मेवारी तथा समन्वय निकाय र कार्यान्वयनमा आउनसक्ने जोखिमबारे प्रस्तुत गरेका थिए । 

यससँगै मन्त्रालयले मन्त्रालयगत कार्ययोजनाको प्रभावकारी अनुगमन र मूल्यांकनको योजना, प्रतिवेदन र समीक्षा व्यवस्थाका विषयमा समेत प्रस्तुति गरेका थिए । यससँगै मन्त्रालयले स्थानीय तह र निजी क्षेत्रसँगको सहकार्यको विस्तृत खाकासमेत प्रस्तुत गरेका थिए । 

मन्त्रालयगत प्रस्तुतीकरण कार्यक्रमअन्तर्गत सोमबारबाट शुरु भएर साउन १२ गते सम्पन्न गरिने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

गत आवको पछिल्लो तीन महिनाका लागि प्रदेश सरकारले करीब रु एक अर्ब बराबरको बजेट प्रस्तुत गरेकोमा कार्यान्वयन पक्ष जम्मा ९ प्रतिशत मात्र रहेको थियो । यस किसिमका सारै कमजोर कार्यान्वयन हुनुमा सरकारका कुनै पनि मन्त्रालयको कार्यान्वयन एकाइ नहुनु र आवश्यक ऐन कानूनसमेत तयार नहुनुनै मुख्य रहेको निष्कर्ष आएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार तथा विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो । 

यस्तै चालू आवका लागि सरकारले सतप्रतिशत कार्यान्वयन गर्ने गरी विषयगत मन्त्रालयले कार्ययोजना तयार गरेकाले चालू आवमा उपलब्धि प्रभावकारी हुने विश्वास सरकारले लिएको समेत उहाँले बताउनुभयो । 

सोमबारबाट शुरु भएको विषयगत मन्त्रालयको प्रस्तुतीकरणअन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रस्तुति सकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले