२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

७ खर्ब रेमिट्यान्स नेपाल भित्रियो, वार्षिक वृद्धिद्धर ५.०३ प्रतिशत

२०७५, ४ भाद्र सोमबार १२:०७

भदौ ४,काठमाडौं । वैदेशिक रोजगारबाट गएका कामदारबाट गत असारमा ५१ अर्ब रेमिटयन्स भित्रिएको छ । जेठ मसान्तसम्म ६ खर्ब ७९ अर्ब भित्रिएको रेमिट्यान्स असार सकिदा बढेर ७ खर्ब ३० अर्ब पुगेको हो ।

अघिल्लो आव २०७३/७४ मा ६ खर्ब ९५ अर्ब रेमिट्यान्स भित्रिएको थियो । गएको आवमा रेमिट्यान्स भित्रिने क्रममा केही सुधार आएको छ । गएको आवमा नेपाल भित्रिएको रेमिट्यान्स अघिल्लो आवभन्दा ३५ अर्ब बढी हो । आव २०७३/७४ मा ४.५१ प्रतिशतले बढेको रेमिट्यान्स गत आवमा सुधार भएर ५.०३ प्रतिशत वृद्धिद्धर पुगेको छ ।

अघिल्लो वर्ष वैदेशिक रोजगारीका लागि भित्र्ने क्रम बढेसँगै यसको असर रेमिट्यान्स वृद्धिदर घटेको हो । सो आवमा भूकम्पका कारण घर आएपछि धेरै युवा रोजगारीका लागि आफ्नो परिवारलाई छाडेर विदेसिएनन् ।

विशेषगरी नेपालबाट मलेसिया, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, कुबेत, दक्षिण कोरिया, बहराइन, ओमानलगायत मुलकमा कामदार जाने गरेका छन् । मेलेसिया, कतार, संयुक्त अरब इमिरेट्स नेपालीका प्रमुख गन्तव्य हुन् । गत आवमा सबैभन्दा धेरै कामदार मलेसिया गएका छन् ।

नेपाल राष्ट्र बैंकको जेठ मसान्तसम्मको तथ्यांकअनुसार गत आवमा मलेसियामा एक लाख चार हजारभन्दा बढी कामदार गएका छन् । कतारमा ९७ हजार पाँच सयभन्दा बढी, संयुक्त अरब इमिरेट्समा ५५ हजार ६ सयभन्दा कामदार गएका छन् ।

राष्ट्र बैंकले रेमिट्यान्सको उपयोगबारे गरेको अध्ययनले वैदेशिक रोजगारीमा गएर कमाएको रकममध्ये एक चौथाई ऋण तिर्न खर्च भएको देखाएको छ । अध्ययनका क्रममा सहभागी उत्तरदाताले ऋण तिर्न २५ प्रतिशत रकम खर्च हुने गरेकोे बताएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

खाडीमुलुकमा मात्र नभइ अन्य विकसित मुलुकमा गएका दक्ष जनशक्तिले कमाएको रकम पनि एक चौथाइ ऋण तिर्न उपयोग भइरहेको अध्ययनले देखाएको छ ।

रेमिट्यान्समध्ये २४ प्रतिशत रकम दैनिक उपभोगमा खर्च हुने गरेको छ । शिक्षा तथा स्वास्थ्यमा १० प्रतिशत र अन्य घरायसी काममा १३ प्रतिशत रकम खर्च भइरहेको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए।

अध्ययनअनुसार कुल रेमिट्यान्समध्ये २८ प्रतिशत बचत हुने गरेको छ । गत वर्ष सार्वजनिक भएको तेस्रो घरपरिवार अध्ययन नेपाल लिभिङ स्ट्यान्डर्ड सर्वेक्षणले पनि विप्रेषणको ७९ प्रतिशत रकम दैनिक उपभोगमा खर्च हुने गरेको देखाएको थियो ।

आर्थिक वर्ष २०७०/७१ मा पाँच खर्ब ४३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकामा गएको आवसम्म आइपुग्दा करिब ८५ प्रतिशतले वृद्धि भएर ७ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी