२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिमाटी तरकारी बजारका ९८ स्टल खारेज हुँदै, यस्तो छ कारण

२०७५, ७ भाद्र बिहीबार ०१:२१

भदौ ७, काठमाडौं | सरकारले कालिमाटी फलफूल तथा तरकारी बजारका ९८ स्टलहरुको सम्झौता खारेज गरिदिने भएको छ । कारवाहीमा पर्न लागेका ९८ स्टलले सरकारबाट २० हजार भाडामा लिएर अरुलाई १ लाख रुपैयासम्म भाडा लिएको पाईएपछी उनीहरुसँगको भाडा सम्झौता खारेज हुने भएको हो । 

सरकारले कालिमाटी फलफूल तथा तरकारी बजारका स्टलहरु भाडामा दिंदै आएको छ । तर सोहि सम्झौतामा समेत बिचौलिया प्रवृति देखिएपछि खारेज गर्न लागेको हो  । सरकारसँग सटर भाडा सम्झौता गरेर ५ गुणाभन्दा बढी उठाएपछी त्यस्ता कसुर गर्नेहरु बिरुद्ध सरकारले कडा नीति लिएको छ । भाडानै १ लाख भएपछि भाडाको चर्को मूल्य उठाउनको लागि भएपनि त्यस्ता स्टलले उपभोक्तालाई महँगो मूल्यमा आफ्नो तरकारी बेच्ने गरेको पाइएको छ । 

कालिमाटी फलफूल तथा तरकारी बजारमा स्टलले १ जनाले लिएर अरुलाई बिक्री गर्दा मासिक ८० हजारसम्म कमाई गर्छन । सटर भादानै महँगो भएकाले उपभोक्तालाई सामान खरिदमा स्वत: महँगो पर्न आउने देखिन्छ । खारेज गर्न लागिएका ९८ स्टललाई सरकारले यस अघिनै यस बिषयमा सूचना टासेर स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नदिएको बताइएको छ । 

यस अघि सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका पदाधिकारीकै मिलेमतोमा उपभोक्तामाथि ठगी हुने गरेको भन्दै सोमबार छानवीन गर्ने समेत जनाएको थियो । सोमबार बिहान अनुगमनका लागि पुगेका उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको टोलीलाई सहयोग नगरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उपभोक्तालाई ठग्ने काम समितिका जिम्मेवार पदाधिकारीबाटै हुने गरेको भन्दै उनीहरुलाई छानवीन गरी कार्वाही गर्न मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई निर्देशन दिएका थिए । 

व्यापारी र सरकारी अनुगमन टोलीबीच विवाद भएपछि तरकारी बजारमा आफैं पुगेका मन्त्री यादवले समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेललाई तरकारी बजार अनुगमनको काम नगरेर के हेरेर बसेको भन्दै आक्रोश व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ