२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उपमहानगरपालिकाले कर घटाउने सहमति

२०७५, ३१ भाद्र आईतवार ०४:४८

भदौ ३१, जनकपुरधाम (रासस) | जनकपुरधाम उपमहानगरपालिकाले वृद्धि गरेका कर घटाउने सहमति भएको छ । 

नेपाली काङ्गे्रस नगर समिति, उद्योग वाणिज्य सङ्घ र उपहमहानगरपालिकाका पदाधिकारीबीच शनिबार भएको छलफलबाट सो सहमति भएको हो । 

उपमहानगरपालिकाद्वारा नयाँ शीर्षकमा सरसफाइ कर, पार्किङ शुल्क कर, सम्पत्ति र घर कर वृद्धि गरेको भन्दै नेपाली काङ्गे्रस नगर समिति भदौ ७ गतेदेखि आन्दोलन गर्दै आएको थियो । उपमहानगरपालिका र नेपाली काङ्गे्रस नगर समितिबीच भएको सहमतिअनुसार वृद्धि गरिएका करको अध्ययन गरी संशोधनको प्रक्रिया अगाडि बढाइने जनाइएको छ । 

नगर समितिका सभापति मनोज साहले उपमहानगरपालिकाको आर्थिक ऐन, २०७५ ले निर्धारण गरेका कर, गैरकर तथा सेवा शुल्कका दरमा संशोधन प्रयोजनका लागि यथाशीघ्र कार्य प्रक्रिया अघि बढाई कार्यान्वयन गर्ने दुवै पक्षबीच सहमति भएको बताउनुभयो । 

छलफलमा नगरप्रमुख लालकिशोर साह, उपप्रमुख रीताकुमारी मिश्र, नेपाली काङ्गे्रसका पदाधिकारी र उद्योग वाणिज्य सङ्घका महासचिव जितेन्द्रकुमार महासेठको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो