२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाइने, कसरी र कहाँबाट लिने ? हेर्नुहोस्

२०७५, ७ आश्विन आईतवार ०९:०९

असोज ७, काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने व्यवस्था आजदेखि लागू भएको छ । अर्थ मन्त्रालयले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधि ल्याएसँगै यो व्यवस्था लागू भएको भएको हो।

मन्त्रालयले आज सूचना प्रकाशित गरी राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा ऋणको लागि आवेदन दिनसक्ने जानकारी गराएको छ । कार्यविधिअनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर दुई प्रकारको ऋण लिन पाइने व्यवस्था छ । जसअनुसार शिक्षित यूवा स्वरोजगार कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा रहेका छन् |

शिक्षित यूवा स्वरोजगार कर्जा अन्तर्गत शिक्षित यूवाले प्रमाणपत्र र व्यवसाय धितोमा राखेर ऋण लिनसक्ने छन् । कम्तिमा स्नातक पास गरेकाले ऋणका लागि आवेदन दिन सक्छन् भने ऋण लिनेको उमेर ४० वर्षभन्दा कम हुनुपर्छ।

शिक्षित यूवा स्वरोजगार ऋण लिनको लागि विदेशबाट शैक्षिक योग्यता हासिल गरेको भए नेपाली विश्वविद्यालयबाट समकक्षता गराउनु पर्नेछ। ऋण लिनेले घरेलु तथा साना उद्योग कार्यलय, समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत संस्थामध्ये एकबाट कम्तिमा सात दिने उद्यम व्यवसाय गर्ने तालिम लिएको हुनु पर्नेछ । सोको प्रमाणपत्र पनि पेस गर्नुपर्छ।

त्यस्तै उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा अन्तर्गत माध्यामिक वा सो सरह उत्तिर्ण भएका र २५ वर्ष नकटेका यूवाले यो कर्जा लिनको लागि आवेदन दिनसक्ने छन् । उच्च शिक्षा अध्ययनका लागि यस्तो कर्जा लिन पाउनेछन् ।

यस्तो कर्जा लिने विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी हुनु पर्नेछ । उनीहरू कलेज अध्ययन गरिरहेको हुनु पर्नेछ।

यसरी कर्जाको लागि योग्यहरूले बैंक तथा वित्तीय संस्थामा आवेदन दिनु पर्नेछ। आवेदन दिँदा ऋण फाराम, नागरिकता, शैक्षिक प्रमाणपत्रको सक्कल, सीप विकास तालिमको प्रमाणपत्र चाहिन्छ।

प्राविधिक शिक्षा कर्जाको लागि विपन्न, लक्षित वर्गको सिफारिस पनि राख्नु पर्नेछ।

यसरी आवेदन दिएपछि बैंक तथा वित्तीय संस्थाले २१ दिनभित्र ऋण दिनइसक्नुपर्छ। यदि दिन नमिल्ने अवस्था भए कारणसहित आवेदकलाई जानकारी गराउनुपर्छ ।

यसरी लिएको ऋणको ब्याज सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोकेको हुनेछ। जसमध्ये सरकारले पाँच प्रतिशत ब्याज तिरिदिने छ। यदि १५ प्रतिशत ब्याज भएमा ऋणीले १० प्रतिशतमात्र तिरे पुग्छ।

शिक्षित युवा स्वरोजगार कर्जाको सीमा ७ लाख हुने छ भने उच्च शिक्षा अध्ययन कर्जाको सीमा ५ लाख रुपैयाँ हुने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता