२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अध्यारो जवावैराठमा उज्यालो छायो

२०७५, १३ आश्विन शनिबार १३:३६

माधव बेल्वासे | असोज १३, कपिलवस्तु (चन्द्रौटा) | भारतीय सिमावर्ती क्षेत्र संग जोडिएको जंगल भित्र रहेको गाउँ जवावैराठमा टुकी बत्ती निभाउदैं गर्दा गाउँबासीमा खुसियाली छाएको छ । एक कार्यक्रमका विच गाउँपालिका अध्यक्षले टुकि बत्ती निभाएर विजुली बत्ती बालेर विद्युत सेवाको उद्घाटन गर्दै गर्दा गाउँबासी निकै हर्षित देखिएका थिए । बर्षौ देखिको अध्यारोलाई चिर्दै गाउँमा विजुली पुग्दा स्थानीयहरु खुसी भएका छन ।

मानव बस्ती बसेको १४ औं पुस्ता सम्म आइपुगेको कपिलवस्तु जिल्लाको विकट गाउँ विजयनगर गाउपालिका वडा न १ मा पर्ने जवाबैराठ गाउँमा पुर्खा देखि बाल्दै आएको ढेब्री (टुकी) गाउँवासीले निभाएका छन । बर्षौ देखी अध्यारो बस्दै आएकी गाउँकै चमेलिया थारुले गाउमाँ विजुलि बत्ती आउला र विजुली बत्ती बालौला भन्ने आसाको त्यान्द्रो मात्रै लिए थिइन । “धेरै ठूला ठूला मान्छेहरु यो गाउँ धुम्न आउथे , सबैले विजुली ल्याउन पहल गर्छम भन्थे, हामीलाई आसा देखाउथे तर बत्ती बर्षौ सम्म आएन, हामीले हाम्रौ पालामा विजुली बालौला भन्ने आसा पनि मर्न लागि सकेको थियो तर आज गाउँमा बत्ती पुग्यो, साच्चै खुसी लागेको लागेको छ” कार्यक्रमका आएका पाहुनाहरुलाई माला र खादाँ ओढाइ दिदै गरेकी उनले भनिन ।

गाउँमा विजुली बत्ती नहुदाँ कुटानी पिसानीका लागी ५ किलो मिटर टाडाको अर्को गाउँमा जानु पर्ने , विद्यालय जाने केटाकेटीले टुकीको भरमा गृहकार्य गर्नु पर्ने, समस्या अब नहुने भन्दै जवावैराठ विद्युत उपभोक्ता समितिका अध्यक्ष जग्दीश चौधरीले खुसी व्यक्त गरे ।  

गाउँमा विजुली बत्ती ल्याउन आफुहरुले धेरै समय देखि पहल गरेको भए पनि जगंलको विचबाट विद्युत्तिय तार तान्न वन नदिने केहि रुखहरु हटाउनु पर्ने जस्ता समस्याले गाउँ बर्षौ देखि अध्यारोमा रहेको थियो । वन संगको सहकार्य र स्थानिय तहका जन प्रतिनिधीको पहलमा गाउँमा विद्युत्त ल्याउन सफल भएको समितिका अध्यक्ष चौधरीले बताए ।“गाउँमा सबैको हातमा मोबाइल थियो तर चार्ज गर्ने समस्या अब त्यो समस्या रहेन ” चौधरीले भने । 


‘दुर्गम गाउँमा बिजुली बल्ला भनेर पत्यार नै लागेको थिएन आफ्नै आखाँ विजुली बत्ती बलेको देखे पछि भन्ने हाम्रो गाउँमा पनि विजुली वत्ती आयो भन्दै ६० बर्षिय बुधराम चौधरीले खुसी मनाए । 

धेरै युवाहरुलाई विहेवारीका लागि केटी माग्न जादाँ गाउँमा विजुली बत्ती पुगेको छैन भन्दा छोरी चेली नै नदिने गरेको विगतको तितो सत्य सम्झदै , गाउँमा वत्ती बलेपछि भने जीवन कै सबै भन्दा खुसीको क्षण भएको शिवा चौधरीले बताइन । अब यो ढिकरी टुकी बाल्नु पर्दै घरको भित्ता कालो पनि हुदैन, उनले खुशी व्यक्त गरिन ।

थारु समुदायको बाहुल्यता  रहेको सो बस्तीमा शुक्रबार विजयनगर गाउँपालिका प्रमुख गोपाल थापाले मट्टितेलको टुकी बत्ती निभाएर विजुली बत्ती बालेर शुक्रबार उद्घाटन गरेका हुन ।चुनावको बेला मुख्य ऐजेण्डा वनाएर हिडेको स्मरण गर्दै गाउपालिकाका अध्यक्ष थापाले गाउँमा बत्ती बालेर आफ्नो वाचा पुरा गरेको वताए ।

कुल २८ लाखको लागतमा विजुली बत्ती बाल्न सफल भएको विद्युत्त प्राधिकरण कृष्णनगरका प्रमुख लक्ष्मी केशर अगन्जाले बताए । २८ लाख मध्ये गाउँपालिकाको १० लाख र प्राधिकरणको १८ लाख लागतमा विद्युत लाइन विस्तार गरिएको अगन्जाले बताए ।गाउँमा विद्युत्तको समस्या समधान भए पनि मोवाइल नेटवर्क नआउदाँ संचारको समस्या भने ज्यूकात्यूँ रहेको स्थानियले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ