२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छपाइ बिग्रेका पाँच सय र हजारका नोट बजारमा

२०७५, ४ मंसिर मंगलवार ०४:३१

 मंसिर ४, काठमाडौं  । छपाइ बिग्रेका नेपाली नोट आजकल बजारमा बढी भेटिन थालेका छन् । त्यस्ता नोटमध्ये केहीमा गभर्नरको हस्ताक्षर छैन, केहीमा एकातर्फ सादा कागज मात्र छ भने केहीमा नबुझिने खालको मधुरो प्रिन्ट छ ।

बजारमा भेटिएका त्यस्ता नोटमध्ये धेरैजसो पाँच सय र एक हजार दरका छन् । नोट छपाइका लागि अधिकार पाएको केन्द्रीय बैंकले पर्याप्त सजकता अपनाउन नसक्दा यस्ता नोट बजारमा पुगेका हुन् ।

त्यस्ता सबै नोटको उजुरी बैंक/राष्ट्र बैंकसम्म आइपुग्दैन । यसका दुई कारण छन् । पहिलो राष्ट्र बैंकमा गएपछि शोधभर्नाबापत अर्को नोट पाइन्छ भन्ने सर्वसाधारणलाई जानकारी छैन । दोस्रो मुद्रा संकलनकर्ता (मनी कलेक्टर) कहाँ बिक्री गर्दा वास्तविक मूल्यभन्दा धेरै पैसा पाइन्छ । यसकारण शोधभर्ना पाइन्छ भन्ने जानकारी भएका पनि मनी कलेक्टरमै गएर बिक्री गर्ने जानकारहरू बताउँछन् । ‘यदाकदा बजारमा त्रुटि भएका नोट भेटिने गरेका छन्, ती सबै नोट केन्द्रीय बैंकमा आइपुग्दैनन्,’ एक पूर्वडेपुटी गभर्नरले भने, ‘बजारमा मुद्रा संकलकले वास्तविकभन्दा बढी मूल्यमा किनिदिन्छन् ।’ यसकारण त्रुटिपूर्ण नोटको उजुरी राष्ट्र बैंकमा कम हुन्छ । नोटमा त्रुटि बढदै जाँदा राष्ट्र बैंकको विश्वसनीयतामा प्रश्न उठ्ने भएकाले उजुरी आएन भन्दैमा केन्द्रीय बैंक आरामले बस्न नहुने उनको सुझाव छ ।

अघिल्ला वर्षका तुलना यो वर्ष छपाइ बिग्रेका नोट धेरै भेटिएको बैंकरहरू बताउँछन् । ‘अघिल्ला वर्ष यस्ता नोट निकै कम मात्र भेटिन्थे,’ वाणिज्य बैंकका एक कर्मचारीले भने, ‘यो वर्ष धेरै भेटिएका छन् ।’ पाँच वर्षदेखि निजी बैंकमा काम गर्दै आएका ती कर्मचारीले थपे, ‘विगतमा नक्कली, च्यातिएका, केरमेट भएका नोट धेरै आउँथे, यो वर्ष प्रिन्ट मिस्टेक नोट धेरै भेटिए ।’ सर्वसाधारणले सटहीका लागि ल्याएको नभई बैंकले राष्ट्र बैंकबाट ल्याइएका नोटका बिटामै त्रुटि पूर्ण नोट भेटिएको उनले बताए ।

अर्को एक वाणिज्य बैंकमा कार्यरत महिला कर्मचारीले भनिन्, ‘पाँच सयको एउटा बिटामा ४२ वटामा गभर्नरको हस्ताक्षर नभएको नोट भेटियो । बैंकले सटहीका लागि राष्ट्र बैंक पठाएको छ ।’ अन्य बैंकमा काम गर्ने उनका साथीले पनि त्रुटिपूर्ण नोट भेटाएको उनले सुनाइन् । ‘एउटा जमघटमा मैले छपाइ बिग्रेको नोट भेटेको कुरा साथीहरूलाई सुनाए,’ उनले थपिन्, ‘त्यसपछि त मैले नि भेटेको भन्ने धेरै भेटिए ।’ राष्ट्र बैंकले लापरबाहीले यस्ता नोट बजारमा आउने गरेको बैंकरहरूको बुझाइ छ । ‘सुरुमै राम्रोसँग सटिङ गरेर पठाउनुपथ्र्यो,’ अर्का एक बैंकरले भने, ‘यहाँनेर राष्ट्र बैंक चुकेको देखियो ।’ कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी