2026-10-15 05:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘परियोजना बैंक’ बनाउँदै कर्णाली सरकार

पुष १४, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले ‘परियोजना बैंक’ बनाउन गृहकार्य थालेको छ । प्रदेशस्तरीय नीति तथा योजना आयोगले त्यसका लागि आवश्यक कार्ययोजना बनाउन थालेको हो । 

‘परियोजना बैंक’मा ठूला आयोजनाको पहिचान, प्राथमिकीकरण, प्रारम्भिक सम्भाव्यता अध्ययनलगायत विषय समावेश गरिने र यसको तयारीपछि प्रदेश सरकारले चैत महीनामा लगानी सम्मेलन गर्ने जनाएको छ । 

“कार्ययोजना बनाउँदैछौँ, सम्भाव्यता अध्ययनका लागि सम्बन्धित क्षेत्रका विज्ञको सूची तयार भइरहेको छ”, प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले भन्नुभयो, “परियोजनाका सबै पक्षलाई अध्ययन गरेर सरकारलाई दिशानिर्देशन दिन्छौँ ।” प्रारम्भिक सम्भाव्यताका आधारमा सम्भव हुने आयोजना मात्र परियोजना बैंकमा समावेश गरिने उहाँको भनाइ छ । 

यसअघि प्रदेश सरकारले वैदेशिक सहायता प्राप्ति र लगानी व्यवस्थापनका लागि विभिन्न १९ आयोजनाको सूची सङ्घीय सरकारसमक्ष पठाइसकेको थियो । सरकारले सडक, जलविद्युत्, सिमेन्ट कारखानादेखि पेट्रोलियम पदार्थको उत्खनन गर्नेसम्मका आयोजना पहिचान गरेको छ । 

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सरकारले आगामी चैत मसान्तसम्म प्रदेशस्तरीय लगानी सम्मेलन आयोजना गर्ने बताउनुभयो । सम्मेलनमा प्रधानमन्त्री, सङ्घीय मन्त्री, विदेशी दातृ निकायका प्रमुख तथा प्रतिनिधि, लगानीकर्तालगायतलाई आमन्त्रण गर्ने प्रदेश सरकारको तयारी छ । सम्मेलनले कर्णालीमा बृहत लगानीका लागि मार्ग प्रशस्त गर्ने सरकारको अपेक्षा छ । मन्त्री ज्वालाले कर्णालीमा जलस्रोत, जडीबुटी र पर्यटनको प्रचुर सम्भावना रहेकाले स्वदेशी÷विदेशी लगानीकर्तालाई तीनै क्षेत्रमा लगानी गर्न आह्वान गरिने बताउनुभयो । 

उहाँले बजेट कार्यान्वयनको आधार तय भइरहेकाले सरकारले अब परिणाम देखिने गरी काम थालेको बताउनुभयो । “प्रदेश संरचना सङ्घीयतासँगै आएको हो, प्रदेश सरकार सफल भए मात्र सङ्घीयता सही दिशामा अघि बढ्नेछ”, मन्त्री ज्वालाले भन्नुभयो, “त्यसैले उपलब्ध संरचना, समन्वय र कर्मचारीको संयोजन गर्दैछौँ, केही चुनौती कायमै रहे पनि यस वर्ष बजेट कार्यान्वयनको गति सन्तोषजनक हुनेछ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो