Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कास्कीमा कोदो खेती गर्न अनुदानमा उपकरण

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ ८, पोखरा | कृषि पेशाप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइका कारण कोदोको उत्पादन घट्दै गएको अवस्थामा कृषकलाई अभिप्रेरित गर्ने उद्देश्यका साथ कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनुदानमा कोदो चुट्ने उपकरण वितरण गरेको छ ।

चालू आर्थिक वर्ष २०७५-७६ मा सो गाउँपालिकाका ११ वटै वडामा कोदो चुट्ने उपकरण प्रदान गर्ने लक्ष्यका साथ रु १० लाख विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । उपकरणको कूल लागतमध्ये ५० प्रतिशत गाउँपालिकाले उपलब्ध गराउने छ । पहिलो चरणमा वडा नं ४, ९ र १० मा तीन उपकरण प्रदान गरिएको छ ।

“एउटा उपकरण खरीद गर्न करीब रु ६० हजार लाग्छ,” अध्यक्ष कुँवरले भन्नुभयो, “संस्थागत एवं व्यक्तिगतरुपमा गाउँपालिकाले कृषि शाखामार्फत अनुदानमा उपकरण लैजान सक्नेछन् ।” केही वर्ष अघिसम्म कोदोलाई गरीबले खाने अन्नका रुपमा लिने गरिएकामा अहिले यो हुनेखानेको रोजाइमा पर्ने गरेको छ ।

कोदो खेतीको प्रवद्र्धन गर्न तथा यसको महत्वबारे जानकारी दिन अन्नपूर्ण गाउँपालिकाको सहयोगमा वडा नं ४ स्थित भदौरे देउरालीमा यस वर्ष ल्होसारका अवसरमा कोदो महोत्सव गरिएको थियो । महोत्सव अवलोकनकर्तालाई स्थानीयवासीले कोदोको सेलरोटी, सुक्खारोटी, मःमःलगायतका २५ परिकार बनाएर खुवाएका थिए ।

उक्त महोत्सवमा कोदोको खोले, दाम्ले मिठाई, शङ्खे चक्लेट, ढिँडो, जेरी, पुरी, नमकिन, पकौडा, केकलगायत स्वाद लिने व्यवस्था गरिएको थियो । “महोत्सवले कोदोप्रतिको धारणा परिवर्तन गरी खेतीप्रति आकर्षण बढाएको छ,” स्थानीयवासी आशबहादुर गुरुङले भन्नुभयो ।

कास्कीमा कोदोका प्रजातिसमेत लोप हुँदै गएका छन् । विगतमा यहाँ दूधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्लेजस्ता प्रजाति पाउने गरेपनि अहिले ती लोप हुँदै गएका छन् । पछिल्लो समय कोदो लगाउने ठाउँमा कृषकले घैया प्रजातिका साथै पाखे धान लगाउने क्रम बढेको छ । रासस