२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फोरलेन निर्माणमा अल्झनै अल्झन, निकास नहुँदा रोकियो मंगलगढी क्षेत्रको काम

२०७५, ९ माघ बुधबार १२:०८

माघ ९, सुर्खेत । देश संघीयतामा रुपान्तरणमा भएको वर्षौ वित्यो । जनताले तीन तहकै सरकारको टुंगो लागे विकासले गति लिन्छ भन्नेमा अपेक्षाकृत थिए । वर्षौंदेखी कुर्सीको खेलकै लागि सत्ता मोहले आजित हुने जनता बहुमत दिएपछि सास्तीबाट मुक्त होला भन्ने सोचेका थिए । विगतझैँ सास्तीले भने किनारा नदिएको गुनासो जनतामा छ । 


वीरेन्द्रनगरको धुलियाविट–बांगेशीमल सडक खण्डको फोरलेन निर्माण शुरु भयो । पहिलो चरणको काम सहजै सम्पन्न भएपनि दोस्रो र तेस्रो चरणको काम निर्माणमा सरकार नै बाँधक देखिएको छ । दोस्रो चरण अन्तगत बसपार्कदेखी गण्डकी लाइनसम्मको सातसय मिटर सडक स्थानीय सरकार र सडक डिभिजन कार्यालय सुर्खेतले गाँठो नफुकाउँदा नागरिकले सास्ती झेल्नु परेको छ । वर्षौदेखी प्रदेश राजधानी प्रवेशद्वारा नै अस्तव्यस्त भएपछि सडक किनाराका नागरिक आजित बनेका छन् । यसको समस्या निराकरणका लागि स्थानीय सरकार र डिभिजन कार्यालयले समस्या सल्टाउन नसक्दा नागरिक पानी पर्दा हिलाम्मे र धुलोले हैरानी झेलिरहेका छन् । ‘ढलको निकाश नहुँदा फोरलेन सडकको सातसय मिटर सडक कालोपत्रे गर्न सकेनौं’ श्याम एण्ड शंकर कन्ट्रक्सनका सञ्चालक पदमबहादुर खड्का भन्छन्, ‘जनता ठेकदारले काम गरेन् भन्छन्, हामी काम सक्न तयार छौं तर स्थानीय सरकार र डिभिजन सडक कार्यालयले निकाश दिएन् ।’ कालोपत्रे गर्न बाँकी रहेको यो सडकको माथिल्लो क्षेत्रमा ढलको निकाश नहुँदा नै काम रोकिएको छ । स्थानीयहरु बजार क्षेत्रको ढल तल्लो भागमा बगाउन नहुन अडानमा छन् । वीरेन्द्रनगर नगरपालिकाले मंगलगढी चौक र गण्डकी लाइनमा ढलले निकाश दिन पाइप राख्न सहजिकरण गरेको थियो । तर त्यसयता सडकको दुवै किनारामा नाली निर्माणमा स्थानीयले अवरोध गरिरहेका छन् । नगरपालिकाबाट त्यसको निकाश नदिँदा बाँकी सडक कालोपत्रे गर्न नसकेको निर्माण कम्पनीले बताउँदै आएको छ । यतिसम्मकी मंगलगढी चौक नजिकै भने सडकमै ढल बग्ने गरेको छ । मंगलगढी चौकदेखी माथिल्लो क्षेत्रमा नाली निर्माण भएपनि त्यसयताको काम अघि बढ्न सकेको छैन् ।

दोस्रो चरणमा तीनहजार दुईसय मिटर सडक कालोपत्रे गर्ने जिम्मा श्याम एण्ड शंकर कन्ट्रक्सनले लिएको थियो । १४ करोड ४० लाखको उक्त ठेक्का गत असारमै सम्पन्न हुनुपथ्र्यो । स्थानीयबाट अवरोध भएपछि बसपार्क नजिकैको कल्भर्टमा एकतर्फी मात्रै ढलान गरिएको छ । ‘निर्माणमा हामी काम गर्न आतुर छौं । सरोकारवाला निकायबाट निकाश नहुँदा बाँकी सडक कालोपत्रे गर्न सकेका छैनौं’ खड्काले भने, ‘माघ मसान्तसम्म अल्झनका कामहरु किनारा लागे फागुन महिनामा हामी कालोपत्रे गर्ने तयारीमा छौं ।’ सडक किनाराका पाइप, विद्युत पोल र तारहरु समयमै नहट्दा पनि काम गर्नमा समस्या हुने गरेको उनको भनाई छ । 

सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी देवेन्द्र भट्टराईले स्थानीयहरुबाट ढल निकासमा अवरोहहुँदा निर्माणमा ढिलाई भएको जानकारी दिए । माथिल्लो क्षेत्रको ढल तल नै जाने भएकाले तीन क्षेत्रबाढ ढल निकास दिन नसक्दा काम सुस्त भएको उल्लेख गरे । ‘अहिले कालोपत्रे गर्न तापक्रम पनि छैन्’ भट्टराईले भने, ‘ढलको निकासका लागि स्थानीय सरकारले पहल गर्दिए फागुनदेखी कालोपत्रेको काम शुरु गर्ने तयारीमा कार्यालय लागेको छ ।’ वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले स्थानीय सरकारबाट हुनसक्ने प्रयासहरु गरिरहेको बताउँछन् । ‘ढलको निकास दिन काम सडक कार्यालयकै जिम्मा हो तर स्थानीय स्तरमा देखिएका अल्झनहरु सुल्झाउन हामी प्रयासरत् छौं’ सुवेदीले भने ।

तेस्रो चरणको काम अन्तिम चरणमा

मुलपानी चौकदेखी बांगेशीमलसम्मको एक हजार सातसय मिटर सडक खण्डको काम ७० प्रतिशत सकिएको खड्काले बताए । सडक ग्राभेल र नाला निर्माणको काम अन्तिम चरणमा रहेकाले फागुन मसान्तदेखी कालोपत्रेको काम शुरु गरिने खड्काको भनाई छ । आगामी असार मसान्तसम्म सम्पन्न हुने फोरलेन सडकको लागत १४ करोड ३० लाखको हो । यो सडक खण्डको काममा पनि समयमै विद्युत पोल र तार नहटाउँदा काममा समस्या निर्माण कम्पनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ