२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फोरलेनका दुई पुलको डिजाईन फेल, सडक निर्माण लम्बिने संकेत

२०७५, १७ माघ बिहीबार १३:५०

माघ १७, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको फोरलेन सडकमा निर्माणका चरणमा रहेका दुई फुलको डिजाइन फेल भएको छ । डिभिजन सडक कार्यालय सुर्खेतले तयार गरेको दुई पुलको डिजाईन नै फेल भएपछि फोरलेन सडक निर्माण लम्बिने संकेत देखिएको हो । 


धुलियाविट–बांगेशीमल सडक अन्तरगत पर्ने खोर्के खोला र ईत्राम खोला पुलको डिजाइन नै फेल भएको खुलेको छ । सडक विस्तारसंगै फोरलेन सडकमा रहेका पुलहरु फराकिलो बनाउन कार्यालयले नयाँ डिजाइन तयार गरेको थियो । फोरलेन सडक अन्तरगत बन्ने पाँच पुलमध्य तीन पुलको डिजाइन सही भएकाले पुल निर्माणको काम दु्रत गतिमा भइरहेको छ । तर ईत्राम र खोर्के खोलाका पुलहरु कसरी निर्माण गर्ने भन्ने अन्यौलमा निर्माण कम्पनी छ । ‘निर्माणको चरणमा रहेका तीन पुलमा कुनै समस्या छैन्’ सपना, आशिष, श्याम एण्ड शंकर जेभीका प्रतिनीधि पदमबहादुर खड्काले भने, ‘इत्राम र खोर्के खोला पुलको दायाँवायाँ फराकिलो बनाउदा पुलमुनिको फाउण्डेशनले काम गर्न अफ्ठेरो भएको छ ।’ 

पुराना पुल भएकाले पुलको जग फैलावट ठूलो भएकाले पायल प्रविधिबाट काम गर्न कम्पनीलाई असहज भएको हो । फोरलेनमा बन्ने पाँचवटै पुल झण्डै ३९ करोडको लागतमा पायल प्रविधिबाट निर्माण हुन लागेका हुन् । तर यी दुई पुलमा सडक अनुसारको पुलको क्षेत्रफल थप गर्दा जगमा फैलावट भएको फाउण्डेशनले तोडफोड गर्न नमिल्ने खड्का बताउँछन् । ‘हामीले डिजाइन परिमार्जन गर्न कार्यालयलाई पत्र लेखका छौं’ खड्काले थपे, ‘अहिलेकै डिजाइनमा काम गर्न सकिदैन् तर कार्यालयले परिमार्जनसहितको डिजाइन दिएमा काम गर्न तयार छौं ।’ बाँकी तीन पुलको जमिनमुनीको पायल गर्ने काम सकिएको खड्काले बताए । उनले निर्धारित समयमै तीन पुलको काम सक्ने लक्ष्य रहेको उल्लेख गरे । दुई पुलको डिजाइन फेल भएको स्वीकार सडक डिभिजन कार्यालय सुर्खेतले गरेको छ । ‘हामीले जुन प्रविधिबाट काम गरिरहेका छौं त्यो सधै सही हुन सक्दैन् तर जमिनमुनीका काम गर्दा कहिलेकाँही फेल खाइन्छ’ सडक डिभिजन कार्यालय सुर्खेतका सव–इन्जिनियर रमेश ओली भने, ‘निर्माण व्यवसायीलाई मर्कामा नपर्ने गरी डिजाइन परिमार्जन भएकाले नयाँ शीराबाट अघि बढ्ने गृहकार्यमा जुटिसकेका छौं ।’ पुरानामा पुलमा फोरलेन सडक अनुसार जोइन्ट गर्नुपर्ने भएकाले फाउण्डेशनमा समस्या देखिएको उनको भनाई छ । तर कार्यालयकै जिम्मेवारी भएकाले परिमार्जन डिजाइन तयार गरेर निर्माण व्यवसायीलाई काम गर्ने वातावरण सिर्जना गरिदिने उनले उल्लेख गरे । पुल निर्माणको काम समयमै सम्पन्न गर्ने कार्यमा कार्यालय सजक रहेको ओलीको भनाई छ ।  

अल्झनलाई सल्टाउँछु सांसद रावत

सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुईका प्रतिनीधि सभाका सांसद नवराज रावतले फोरलन सडक निर्माणमा देखिएका अल्झनलाई सल्टाउने प्रतिवद्धता जनाएका छन् । निर्माणाधिन सडक र पुलको निरीक्षण गर्ने क्रममा रावतले समयमै काम सक्ने वातावरण सिर्जना गरिदिने बताएका हुन् । जनतासंग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणमा रोकावट आउन नहुने बताएका रावतले फोरलेन सडक खण्डमा देखिएका अल्झनलाई किनारा लगाउन स्थानीय सरकार, सम्बन्धीत कार्यालय र निर्माण व्यवसायीसंग छलफल गर्ने उल्लेख गरे । 

‘सडक र पुल निर्माणको पछिल्लो अवस्था बारे जानकारी लिन निरीक्षणमा आएको हुँ’ रावतले भने ‘अबको पाँच वर्षमा जनतालाई विकासको अनुभूत हुने खालको योजनाहरु कार्यान्वयन गर्नमा कटिवद्ध छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी