2026-10-15 10:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कार्यान्वयनमा आउन सकेन सिञ्जा गुरुयोजना

चैत ३, सिञ्जा ( रासस ) | जुम्लाको सिञ्जा क्षेत्रलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि तयार पारिएको गुरुयोजनाको कार्यान्वयनमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । यस क्षेत्रको समग्र विकासका लागि तयार गरिएको सो गुरुयोजनालाई बेवास्ता गरिएको स्थानीयवासीले गुनासो गरेका छन् । 

सिञ्जा क्षेत्रको विकासका लागि जुम्ला सामाजिक विकास केन्द्रले विसं २०६५ मा गुरुयोजना बनाएको थियो । दश वर्षे गुरुयोजनामा सिञ्जा क्षेत्रमा चार लेन सडक र तटबन्ध निर्माण गर्नेदेखि सङ्ग्रहालय निर्माण गरिने उल्लेख छ । 

पर्यटक बिरामी भएमा औषधि उपचारका लागि अस्पताल निर्माण, ओझेलमा परेका मठमन्दिर व्यवस्थापन, स्नातकोत्तर अध्ययन गर्ने कलेज स्थापना, सर्पदंशको उपचार सेवा सञ्चालन गर्ने, मठमन्दिरको संरक्षण गर्ने, पशु चौपायाको संरक्षण स्थल निर्माण गर्नेलगायतका पूर्वाधार निर्माणका विषय गुरुयोजनामा उल्लेख गरेको कनकासुन्दरी गाउँपालिका–४ का भक्तबहादुर बोगटीले बताउनुभयो । 

गुरुयोजनाको कार्यान्वयन गराउन मन्त्रालय र सम्बन्धित कार्यालयमा पटकपटक माग गरेको र साविकको जिल्ला विकास समितिले समेत १० वर्षे योजना पारित गरिसक्दा पनि चासो नदिइएको जुम्ला सामाजिक विकास केन्द्रका अध्यक्ष तथा कनकासुन्दरी गाउँपालिका–४ का भक्तबहादुर बोगटीले गुनासो गर्नुभयो । गुरुयोजनालाई तत्काल कार्यान्वयन गर्न सकिए सिञ्जा क्षेत्रको मात्र नभई समग्र जिल्लाको विकासमा बल पुग्ने उहाँको भनाइ छ । 

धार्मिक एवं पर्यटकीय महत्व बोकेको यस क्षेत्रमा कनकासुन्दरी मन्दिर, विराट दरबार, पाण्डफ गुफाको गरुड नुहाउने मन्दिर, वाणगङ्गा मन्दिरलाई पवित्र तीर्थस्थलको रुपमा लिने गरिन्छ । उचित संरक्षणको अभावमा यस क्षेत्रमा छरिएर बेवारिसे अवस्थाका रहेका ढुङ्गे खम्बा, देबल, मुग्राहा, प्राचीन बस्तीका भग्नावशेष देख्दा जो कसैलाई पनि दुखित बनाउँछ । 

सिञ्जामा बोलिने भाषा, त्यहाँको सभ्यता, त्यहाँका पर्यटकीय स्थल, धार्मिक स्थल, पुराना दरबार सङ्कटमा पर्दै गएका छन् । विराट दरबारको भग्नावशेष मात्रै भेटिन्छ । 

वडा भवन निर्माण 

तिला गाउँपालिका–४ मा जिल्लाकै गुणस्तरीय नमूना भवन निर्माण भएको छ । यो भवन जिल्लाकै नमूनाको रुपमा निर्माण भएको स्थानीयवासी भद्रवीर सार्कीले बताउनुभयो । वडा सचिव बिमला योगीले गाउँमा यस्तो भवनमा काम गर्न पाउँदा आफू निकै खुशी भएको बताउनुभयो । 

भवन निर्माण सरकारको समन्वयमा सञ्चालित सामुदायिक विकास कार्यक्रमको सहयोगमा भएको हो । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगी, उपाध्यक्ष विष्णु बुढाले संयुक्त रुपमा यस भवनको उद्घाटन गर्नुभयो । 

कार्यक्रममा जिल्ला समन्वय प्रमुख सार्कीले झण्डोत्तोलन गर्नुभयो । उद्घाटन भएपछि शहीदको सम्मानमा मौनधारण पनि भयो । सामुदायिक विकास कार्यक्रमद्वारा रु एक करोड ९५ लाख ७८ हजार ४०३ र गाउँपालिकाको तर्फबाट रु तीन लाख ७० हजारको लागतमा यो भवन निर्माण गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने