2026-08-29 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१३ लाखभन्दा बढी राजश्व सङ्कलन

वैशाख २२, जुम्ला | जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०७४/७५ को भन्दा चालू आवमा राजश्व सङ्कलन बढी गरेको छ । २०७४÷७५ मा राजश्व सङ्कलन रु १२ लाख ५९ हजार ५०० भएकामा चालू आवको चैतसम्म रु १३ लाख ४० हजार ५०० राजश्व सङ्कलन गरेको हो । सवारीसाधान कारवाहीबाट प्रहरीले उक्त राजश्व सङ्कलन गरेको हो । ट्राफिक नियमको पालना नगर्ने साना र ठूला सवारीलाई जाँच गरी कारवाहीबाट राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफीक प्रहरी कार्यालय जुम्लाले जनाएको हो ।

गत आर्थिक वर्षमा एक हजार ८६३ सवारीसाधन कारवाहीमा परेका थिए । तीमध्ये सबैभन्दा बढी मोटरसाइकल ५९९ र सबैभन्दा कम ट्र्याक्टर ११६ कारवाहीमा परेका थिए । चालू आवको चैतसम्म एक हजार ९९३ सवारीसाधन कारवाहीमा परेका छन् । पछिल्लो समय दिनहँुजसो छड्के चेकिङ र ट्राफिकको सक्रियताका कारण दुर्घटनामा समेत कमी आउन थालेको छ ।

प्रायःजसो सवारीसाधन अनुमतिपत्र लाइसेन्स नभई सवारीसाधन चलाउने कारवाहीमा परेका छन् । त्यस्तै क्षमताभन्दा बढी सामान तथा यात्रु बोक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, समयमा सवारी मर्मत नगराउने र सवारीको अवस्था राम्रो नभएका चालकलाई कारवाही गरिएको प्रहरीले जनाएको छ । यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयले आफ्नो सक्रियता बढाउनको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो