2026-10-15 12:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वीरेन्द्रनगर चिनाउन पार्क निर्माण गरिने

वैशाख ३०, सुर्खेत । वीरेन्द्रनगरमा चौघान पार्क निर्माण गरिने भएको छ । सामाजिक विकास मन्त्रालयको पछाडिको खाली जमिनमा पार्क निर्माणका लागि डिजाईन तयार गरिएको छ । वीरेन्द्रनगरलाई रमणीय बनाउनको लागी चौघानपार्क निर्माण गर्न लागिएको सुर्खेत उपत्यका नगर विकास समितिले जनाएको छ ।

नगर विकास समितिले सोमबार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर चौघान पार्क निर्माण सम्बन्धी सुझाव संकलन गरेको छ । सुर्खेतको पहिचान झल्काउने गरी पार्क निर्माण गर्न सहभागीले सुझाव दिएका छन् । पार्कभित्र स्थानीय भेषभुषा झल्कने खालका साम्रागीहरुलाई राख्न आग्रह गरेका छन् । कार्यक्रममा आर्किटेक्ट पल्लवी सिंहले तयार पारिएको गुरुयोजनाको डिजाईन सार्वजनिक गरिएको छ ।

निर्माण गर्न लागिएको पार्कभित्र, बालबालिकादेखि बृद्धबृद्धसम्मको लागि मनोरञ्जनका विभिन्न सामग्रीहरु समेत राखिएको छ । पार्क निर्माणको लागि झण्डै २० करोड ८० लाख रकम लागत लाग्ने अनुमान गरिएको आर्किटेक्ट सिंहले जानकारी दिए । उनले सरकारी कार्यालयको नजिक पार्क निर्माण गर्न लागिएकाले त्यहाँ प्रतीक्षास्थलको रुपमा समेत परिचित हुने बताए ।

कार्यक्रममा वीरेन्द्रनगर नगरापालिका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजनाभित्र नै चौघान पार्क पनि पर्ने भएकाले यसको विकास गरिने बताए । उनले चौघान पार्क नेपालमै नमुना पार्क बन्ने भन्दै यसमा सबैको साथको आवश्यक रहेको उल्लेख गरे । प्रमुख सुवेदीले बजेटका हिसाबले चौघान पार्क निर्माण गर्न धेरै ठुलो समस्या नभएको भन्दै अहिले डिजाईन अनुसार काम थालिने बताए ।

कार्यक्रममा उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कुमार कोईरालाले सुर्खेतको बजारलाई पहिले चौघान भनिने भएकाले त्यसको पहिचानका लागि पनि यसको नाम चौघान पार्क राख्न लागिएको बताए । उनले पार्क निर्माण बनाउने स्थलमा प्रदेश सरकार भवन निर्माणका संरचना बनाउने निर्णय गरेको भन्दै त्यो मान्ने नहुने बताए ।

अध्यक्ष कोईरालाले उपत्यका नगर विकास समिति अबको केही दिनमा नगरपालिका मातहतमा रहने भएकाले नगरपालिकालाई छिट्टै डिपिआर तयार पारेर काम थाल्न आग्रह गरे । कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले कर्णाली प्रदेशका विभिन्न खालका चिनाहरु राखेर काम थाल्नु पर्नेमा जोड दिए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्ष, राजनितिक दलका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित