२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

त्रिशूली थ्री ‘ए’ले आजदेखि परीक्षण उत्पादन शुरु गर्ने

२०७६, ३ जेष्ठ शुक्रबार ११:१३

जेठ ३, बेत्रावती। रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘थ्री ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि परीक्षण उत्पादन गर्ने भएको छ ।आयोजना निर्माणसँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भएसँगै बिहीबार गरिएको उत्पादन परीक्षण सफल देखिएपछि आज साँझ ५ बजेदेखि परीक्षण उत्पादन शुरु गर्न लागिएको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको पहिलो युनिट ३० मेगावाट क्षमताको उपकरण परीक्षण गरिने र सफल भए त्यहाँबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने छ । 

उक्त आयोजना बिहीबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अवलोकन गर्नार्का साथै विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने बताउनुभएको थियो ।

असार दोस्रो सातासम्ममा दोस्रो युनिटबाट थप ३० मेगावाट विद्युत् उत्पादन हुने आयोजनाका उपप्रबन्धक इ सत्यराम ज्याख्वाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो युनिटको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएपछि दोस्रो युनिटको परीक्षण शुरु गरिनेछ ।

“विभिन्न विवाद र प्राकृतिक विपत्तिका कारण अन्योल बनेको उक्त आयोजनाबाट विद्युत् उत्पादन शुरु गर्न लागिएको छ ।” उपप्रबन्धक ज्याख्वाले भन्नुभयो, “आयोजनाको सफलताले सहायक योजना ‘थ्री बी’ निर्माणमा सुनिश्चितता हुनाका साथै  त्रिशूली–काठमाडौँ प्रशारण लाइन विस्तारमा योगदान पुगेको छ ।” यो आयोजनाको निर्माण चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) मार्फत् गरिएको हो । उक्त कम्पनीले सन् २०११ जुनदेखि काम शुरु गरेको थियो । 

इपिसी नमूनामा निर्माण गरिएको यो नेपाल विद्युत् प्राधिकरणको पहिलो जलविद्युत् आयोजना हो । आयोजनामा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको सयुक्त लगानी रहने गरी चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराएको र आयोजना निर्माणको लागत १२ करोड ५७ लाख अमेरिकी डलर रहेको आयोजना पक्षले जनाएको छ ।

भूकम्पले आयोजनाको बाँधस्थलसम्म पुग्ने पहुँच मार्गमा पुर्‍याएको ठूलो क्षतिको पुनःनिर्माण र त्यहाँ दीर्घकालीन रुपमा पहिरो रोकथाम गर्न मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाली सेना खटाइएको थियो । सेनाले उक्त कार्यको जिम्मेवारीअन्तर्गत पहुँच मार्ग खुला गरेपछि आयोजनाको काम अघि बढाउन सहज बनेको हो ।  पहिरो रोकथामको कार्य सेनाको निर्माण कार्यदलले अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

त्रिशूली नदीको पानीबाट ‘रन अफ रिभर’ मोडलमा निर्माण भएको यस आयोजनाबाट वार्षिक ४८९.७६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने लक्ष्य छ । आयोजना पूर्णरुपमा सञ्चालन आए् यहाँबाट उत्पादन हुने विद्युत्बाट वार्षिक करीब रु तीन अर्ब आम्दानी हुने अनुमान गरिएको छ ।  त्रिशूली नदीस्थित रसुवाको डाँडागाउँमा बाँध बनाएर नुवाकोटको मनकामनामा उत्पादन गृहसम्म आयोजनाको निर्माण सबै भूमिगत (पहाड भित्र) बनाइएको छ । 

आयोजनाबाट साढे आठ महीना पूर्णरूपमा (६० मेगावाट) विद्युत् उत्पादन हुनेछ । कूल उत्पादनको ४६.६ प्रतिशत विद्युत् सुख्खायाममा उत्पादन हुने भएकाले मुलुकका लागि आवश्यक विद्युत् उपलब्ध गराउन यस आयोजनालाई महत्वका रुपमा हेरिएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार नुवाकोट र रसुवामा उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडानको लागि ‘थ्री ए’ को व्यवस्थापनमा २२० केभी ‘डलब सर्किट’ प्रसारण लाइन निर्माण गरिएको छ ।

यसैगरी यस आयोजनाको ‘क्यासकेड’ आयोजनाको रुपमा ३७ मेगावाट क्षमताको ‘थ्री बी’ आयोजना पनि  निर्माण भइरहेको छ । सो आयोजना  आगामी तीन वर्षभित्र पूरा गर्ने गरी विसं २०७४ फागुनदेखि निर्माण थालिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी