२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हुण्डी कारोवारमा संलग्न पक्राउ

२०७६, ५ जेष्ठ आईतवार १६:३५

जेठ ५, काठमाडौँ | काठमाडौँ चावहिलबाट अवैध रुपमा हुण्डी कारोबारमा संलग्न तीन जनालाई नगद ३४ लाख ८९ हजारसहित आज प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा काठमाडौँ हात्तीगौडा बस्ने सोलुखुम्बु दूधकोशी गाउँपालिका–२ का ३६ वर्षीय अर्जुन राई, भक्तपुर सूर्यविनायक बस्ने सुनसरी बराह नगरपालिका–९ का ४० वर्षीय जगत खड्का र कपन बालुवाखानी बस्ने २३ वर्षीय सुनिल राई रहेका छन् ।

उक्त ठाउँमा अवैध रुपमा हुण्डीको कारोवार भइरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायब उपरीक्षक सुनिल मल्लको नेतृत्वमा गएको टोलीले हुण्डी कारोवारमा प्रयोग भएको उक्त नगद, कागजात र पैसा गन्ने उपकरणसहित उनीहरुलाई फेला पारिएको थियो । 

उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लगि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै