असार   Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार  
2026-06-27 04:47 PM
अर्थ/विकास

भेरी बबईबाट २१ हेक्टर जमीन डुबानमा पर्ने

असार  ९, सुर्खेत  राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाका कारण २१ हेक्टर जमीन डुबानमा पर्ने भएको छ । पछिल्लो सर्भेले तल्लोतटीय क्षेत्रका १३ हेक्टर दर्ता र आठ हेक्टर ऐलानी जग्गा डुबानमा पर्ने आयोजनाले जनाएको छ । 

पाँच वर्षअघि गरिएको सर्भेमा आठ हेक्टर जमिन मात्रै डुबानमा पर्ने उल्लेख थियो । पुरानो सर्भे प्रतिवेदनप्रति प्रभावित क्षेत्रका बासिन्दाले असन्तुष्टि व्यक्त गरेपछि आयोजनाले पुनः सर्भे गरेको हो । आयोजनाबाट ११ घर प्रभावित हुनेछन् ।

आयोजनाले यसै साता प्रमुख जिल्ला अधिकारीलाई जग्गा अधिग्रहणसम्बन्धी प्रतिवेदन बुझाउने तयारी गरेको छ । चालू आवभित्रै मुआब्जा वितरण गर्न रु १० करोड बजेट छुट्याइएको छ । मुआब्जा निर्धारण भने प्रमुख जिल्ला अधिकारी संयोजकत्वको समितिले टुङ्गो लगाउनेछ । 

भेरीको पानीलाई भेरीगङ्गा नगरपालिका–९ को चिप्लेदेखि भेरीगङ्गा नगरपालिका–१ को हात्तीखालमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्नुका साथै बाँके र बर्दियाका ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले शुरु गरिएको आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भइसकेको छ । 

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) श्रीप्रसाद साहले चालू आर्थिक वर्षभित्रै मुआब्जाको टुङ्गो लगाउने जानकारी दिनुभयो । मुआब्जाको टुङ्गो लागेपछि मात्र ड्याम (बाँध) निर्माणको काम शुरु गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो