२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिन्धुपाल्चोकको टेकनपुरस्थित सुनकोशी नदीमा पक्की पुलको आज उट्घाटन

२०७६, ७ भाद्र शनिबार १३:४३

भदौ ७, सिन्धुपाल्चोक | भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारको तीन वर्षको अवधि आवश्यक ऐन कानून बनाउँदैमा बितेको बताउनुभएको छ । उहाँले अबको बाँकी अवधिमा जनताले नपत्याउने ढङ्गले तीव्र रुपमा विकास गरेर देखाउने दाबी गर्नुभयो । 

सिन्धुपाल्चोकको टेकनपुरस्थित सुनकोशी नदीमा निर्मित पक्की पुलको आज उट्घाटन गर्दै मन्त्री महासेठले पुल बनेर मात्र सबै कुरा पूर्ण नहुने हुँदा यस क्षेत्रका आसपासका सडक पनि बन्नुपर्ने र त्यसको लागि सरकारले प्रथमिकतामा राखेको बताउनुभयो । उहाँले जिल्लामा निर्माणाधीन सबै पुल आगामी आवभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

मन्त्रालयका सचिव देवेन्द्र कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले पर्यटकीय सम्भावना बोकेको तौथली क्षेत्रमा पुल निर्माणपछि थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सांसद अग्निप्रसाद सापकोटाले देशको समग्र विकासको लागि सङ्घीय सरकारले स्थानीय सरकारको कुरा सुन्नुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य सरेश नेपालले पुल निर्माणपछि यस क्षेत्रको उत्पादनलाई बिक्री वितरण गर्ने ढङ्गले लाग्नुपर्ने बताउनुभयो । 

सडक डिभिजन कार्यालय दोलखाको रु १० करोडमा निर्माण सम्पन्न भएको उक्त पुल तीन वर्षमा सम्पन्न गर्न ‘गोल्डेन गुड सोवर्ण भण्डारी जेभी’सँग २०७३ चैतमा ठेक्का सम्झौता भएको थियो । पुलको लम्बाइ ९२ मिटर रहेको छ । पुल निर्माण भएसँगै लामोसाघु, टेकनपुर, तौथली, खरिढुङ्गा हँुदै दोलखा पुग्न सहज हुने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो