२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रेमिट्यान्स लिने तर सहुलियत कर्जा नदिने बैंक सुध्रिनुपर्छ: कार्यकारी निर्देशक श्रेष्ठ

२०७६, २७ मंसिर शुक्रबार ०५:५९

मंसिर २७, काठमाडौं । बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बिदेशबाट कामदारलाई बैंकहरुले सहुलियत कर्जा प्रवाह गर्न अटेर गरेको गुनासो गरेका छन् । बैंकहरु कामदारले बिदेशबाट पठाएको विप्रेषण लिन प्रतिस्पर्धा गर्ने तर  सहुलियत कर्जा दिन बैंकहरु तयार नभएको उनले बताएका छन् ।

अन्तरास्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को अवसरमा आयोजित कामदारका लागि रेमिट्यान्स  र वित्तीय साक्षरतामा अभिमुखिकरण तालिमको भुमिका` विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बैंकहरुले पनि आफ्नो दायित्व बहन गर्नुपर्नेमा जोड दिए । 


बोर्डले गत वर्ष विदेशबाट नेपाल फर्किएकाहरुलाई सहुलियत कर्जा दिनको लागि १८ हजार युवाको आवेदन संकलन गरेको थियोे तर सो आवेदन अनुरुप क वर्गका बैंकहरुले सहुलियत कर्जा प्रवाह नगरेपछि श्रेष्ठले बैंकहरुको ध्यानाकर्षण गरेका हुन् । १० लाख रकम ५ वर्षका लागि देऊ भन्दा नदिने तर रेमिट्यान्स जम्मा गर्न मात्रै प्रतिस्पर्धा गर्ने ? आक्रोश पोख्दै श्रेष्ठले भने "सहुलियत कर्जा प्रदान गर्नका लागि बनाइएको कार्यविधी परिमार्जन गरौँ, तरपनि बैंकहरु कर्जा दिन तयार भएनन् ।के अब राज्य मात्र जिम्मेवार हुनुपर्ने हो ?" समृद्धि त्यसै अाउँदैन उनले भने सरकारसंगै निजि क्षेत्र, कामदार पनि जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए ।

बैदेशिक रोजगारमा जाने कामदरको अकालमा हुने मृत्युदर कम गराउने, उनीहरुको मानसिक स्वास्थ्य सुधार र कामदारको आर्थिक बचत गर्न सघाउ पुर्याउने गरि आगामी कार्ययोजना बनाइएको नेपाल वैदेशिक रोजगार अभिमुखिकरण व्यवसायी महासंघकाअध्यक्ष राजाराम गौतमले बताए ।

ग्लोबल आइएमई बैंकका वरिष्ठ नायब कार्यकारी अधिकृत  महेश शर्मा ढकालले कामदारले बिदेशमा कमाएको रकम सहि सदुपयोग गर्नमा वित्तीय साक्षरता जगाऊन सघाउने कार्यक्रम गर्न सरोकारवालासँग सहकार्य गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा