नन्दराम जैशी । असार १८, जुम्ला ।

जुम्ला सिंजा क्षेत्रका नागरिकहरुलाई प्रशासनिक सेवा सुवि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी । असार १८, जुम्ला ।

जुम्ला सिंजा क्षेत्रका नागरिकहरुलाई प्रशासनिक सेवा सुवि"/>
2026-08-29 06:13 AM
अर्थ/विकास

इलाका प्रशासन कार्यालयको भवन शिल्यान्यास तथा सेवा प्रारम्भ

नन्दराम जैशी । असार १८, जुम्ला ।

जुम्ला सिंजा क्षेत्रका नागरिकहरुलाई प्रशासनिक सेवा सुविधा सहज रुपमा प्रदान गर्नको लागि शुक्रबारदेखि एक औपचारीक कार्यक्रमका बिच इलाका प्रशासन कार्यालय नराकोटको भवन शिल्यान्यास तथा सेवा प्रारम्भ गरीएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्यान राज्य मन्त्रि बलबहादुर महतले इलाका प्रशासन कार्यालयको भवन शिल्यान्यास तथा सेवा प्रारम्भ भएको घोषणा गर्नु भएको हो ।   

इलाका प्रशासन कार्यालयको अब निर्माण हुने भवनका लागि ४० लाख रकम यसबर्ष बिनियोजित गरीएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । यसैबिच हिजै सेवा प्रारम्भको अवसरमा इलाका प्रशासनबाट ४ वटा नागरीकता र १ वटा नावालक परीचय पत्र वितरण गरीएको छ । जसमा पहिलो नं को नागरीकता लिनेमा गणेश जिसि रहनु भएको छ ।

त्यस्तै दिनेश बुढा, सविता धिताल र प्रेम आचार्यले पनि हिजै नागरीकता लिएका छन् । भने महेश्वर काफ्लेले नावालक परीचय पत्र लिएको इलाका प्रशासन कार्यालय नराकोटले जनाकारी दिएको छ । जुम्लाको सिंजा क्षेत्रमा रहेका १० गाविसलाई सेवा दिनको लागि इलाका प्रशासन कार्यालयको स्थापना गरिएको हो । सिंजा क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि त्यस क्षेत्रका स्थानियलाई नागरिकता लगाएतका प्रशासनिक सेवा लिन सजिलोे हुने भएको छ । पहिले लामो यात्रा गरेर सदरमुकामसम्म आएर सेवा लिनु पर्ने सिंजाका स्थानीयलाई अब सहज हुने भएको छ ।

यसैगरि नराकोटमा इलाका स्तरीय नेपाल टेलिकम, मालपोत र नापी कार्यालयहरु दशैँसम्म विस्तार गर्ने तयारि भएको छ । सिंजामा इलाका कार्यालयहरु कृषि, वन, पशु, खाद्य, साल्टटेनिङ्ग,  हुलाक लगाएतका कार्यालयहरु पहिले देखि नै सञ्चालन भैरहेका छन् । इलाका प्रशासन कार्यालयमा ७ जना कर्मचारि रहने ब्यवस्था गरीएको छ । 

इलाका प्रशासन कार्यालयको भवन शिल्यान्यास तथा सेवा प्रारम्भ घोषणाको औपचारीक कार्यक्रममा नराकोट पुग्नु भएका जिल्ला स्थीत राजनैतिक दल तथा सरोकबारवाला निकायले सिँजा क्षेत्रको विकास तथा सेवालाइ पारदर्शि बनाउन जोड दिने बताएका छन् । सिँजाका स्थानियले सेवा प्रारम्भ घोषणा मात्र ठुलो कुरानभइ राज्यले गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनु पर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो