२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरामा १०० शैयाको आईसियु सेवा सहित सुविधा सम्पन्न अस्पताल

२०७६, ६ चैत्र बिहीबार ०८:१४

चैत ६, काठमाडौँ | पोखराको नागढुंगामा सुविधा सम्पन्न चरक मेमोरियल अस्पताल सञ्चालनमा आएको छ। विगत  ६ वर्षदेखि  विभिन्न सेवा सुविधा दिँदै आएको उक्त अस्पतालले आफ्नै अत्याधुनिक भवनबाट थप सेवा विस्तार गरेको अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिए |

१ सय ५० करोडको लगानीमा निर्माण भएको अस्पतालले १०० शैयाको आईसियु सेवा १० बेडको एनआइसियू सेवा, १५ बेडको पोष्ट अपरेटिङ सेवा, सञ्चालनमा ल्याईएको हो । पोखरा र पोखरा आसपासका क्षेत्रमा मुटुका बिरामीको चाप बढेसँगै यस अस्पतालले क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएको पोखरेलले बताए |

अस्पतालले अत्याधुनिक मोडलरओटी  सेवा सञ्चालनमा ल्याएसँगै नेपाल सरकारबाट किड्नीको हेमोडायलसिस  गर्नुपर्ने बिरामीहरुको लागि निः शुल्क सेवा दिँदै आएको छ । विशेषज्ञ चिकित्सकबाट २४ सै घण्टा उपचारको सुविधा दिने व्यवस्था  मिलाएको  छ | अस्पतालमा अत्याधुनिक ल्याब तथा फार्मेसी सेवाको साथै (हेयर ट्रान्सप्लान्ट) सेवा दिँदै आएको छ |

त्यस्तै अस्पतालले दुर्विनको सहयताले आर्थोस्कोफी र हिप तथा जोर्नी फेर्ने र मेरुदण्डको स्पाइन सर्जरीको सेवा दिने व्यवस्था मिलाएको छ । अस्पतालले विशेष गरेर भ्रमण वर्ष २०२० लाई प्राथमिकतामा राखेर प्रदेश नं. ४ लाई लक्षित गरी डाक्टर सहितको हेलिप्याड सेवा समेत सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक पोखरेलले बताए ।|

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु