2026-09-19 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खसीको मासु किलोकै १६००, नगरपालिकाद्वारा आकस्मिक छापा

वैशाख ९, भक्तपुर | सूर्यविनायक नगरपालिका वडा नं २ स्थित बालकोट मिट सपले खसीको मासु प्रतिकिलो रु एक हजार ६०० मा बिक्री गरेको छ । खसीको अभाव देखाउँदै व्यवसायीले मासुको मूल्य प्रतिकिलो रु ४०० वृद्धि गरेका छन् । लकडाउनअघिसम्म प्रतिकिलो रु एक हजार २०० मा बिक्री हुँदै आएको खसीको मासु अहिले प्रतिकिलो रु एक हजार ६०० पुगेको छ । 

बालकोटमा मात्रै होइन जिल्लाका अधिकांश मासु पसलमा अहिले खसीको मासु प्रतिकिलो रु ४०० देखि रु ५०० सम्म वृद्धि गरी बिक्री गर्न थालेका छन् । बालकोट मिट सपका सुनिल शाहीले लकडाउनपछि खसीको अभाव भएकाले मासुको मूल्य वृद्धि भएको दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “लकडाउन पहिले खसीको मासु प्रतिकिलो रु एक हजार २०० मा बिक्री गरेको हो, अहिले खसी पाइँदैन, पाइए पनि जिउँदो खसी नै प्रतिकिलो रु ८५० तिर्नुपर्छ अनि रु एक हजार ६०० मा बिक्री नगरे घाटा लाग्छ ।”

कुखुराको मासु प्रतिकिलो रु ३५० मा बिक्री गर्ने गरेको छ । कुखुरा सहजै पाइने भएकाले कुखुराको मासुको भने मूल्य वृद्धि नभएको उहाँको दाबी छ । भक्तपुर सूर्यविनायक चोकका सूर्यविनायक मिट सपका सञ्चालक सूर्यबहादुर शाहीले खसीको मासु प्रतिकिलो रु एक हजार ६०० मा बिक्री गरेको बताउनुभयो । वैशाख १ गते रु एक हजार ८०० सम्ममा बिक्री गरेको बताउँदै खसीको अभाव भएकाले मासुको मूल्य वृद्धि भएको दाबी गर्नुहुन्छ । 

व्यापारीले जिउँदो कुखुरा प्रतिकिलो रु १९० मा ल्याउने गरे पनि तयारी कुखुराको मासु भने रु ३५० मा बिक्री गर्ने गरेका छन् । लकडाउनमा मासु व्यापारीले मनोमानी मूल्य राखेर चर्को मूल्यमा मासु बिक्री गर्ने गरेको अनुगमनका क्रममा पनि पाइएको छ । व्यवसायीले बजारमा मासुको मनपरी मूल्य निर्धारण गरी बिक्री गरेपछि भक्तपुर नगरपालिकाले मासु पसलमा छापा मारेको छ । आज बिहान नगरपालिकाले विभिन्न पसलमा छापा मार्दा व्यापारीले मनोमानी मूल्यमा मासु बिक्री गरेको पाइएको हो । 

भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सरोकारवालासहितको टोलीले गरेको मासु पसलको आकस्मिक अनुगमनमा कालोबजारी गरेर मासु बिक्री गरेको पाइएको हो । कोभिड–१९ महामारी नियन्त्रण गर्न गरिएको लकडाउनका बेलामा कुखुराको मासु प्रतिकिलो रु ३०० सम्म र खसीको मासु किलोको रु एक हजार ५०० सम्म लिई मनपरी मूल्यमा कालोबजारी गरेको पाइएको संयोजक गोराले जानकारी दिनुभयो । 

अनुगमनका क्रममा भक्तपुरको केजी कोल्ड स्टोर, ख्वप कोल्ड स्टोर, पूर्ण शाहीको खसी र कुखुराको मासु पसल, भक्तपुर भ्याली कोल्ड स्टोरलगायतले दर्ता नवीकरण नगरेको, तराजु नापतौल विभागमा नवीकरण नगरेको, खसीको मासु महँगोमा बिक्री गरेको, मासुको मनपरी मूल्य लिएको, मूल्य सूची नराखेको, मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग नगरेको, फ्रिज चलाएको नमिलेको, मासु जालीले छोपेर नराखेको पाइएपछि तत्काल त्यस्ता गल्ती सुधार्न सचेत गराएको वडानिरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । 

अनुगमन टोलीका राष्ट्रिय उपभोक्ता मञ्चबाट मनोज थापाले लकडाउनयता मासु पसलदेखि अन्य दैनिक उपभोग्य सामग्री बिक्री गर्ने पसलमा मनोमानी मूल्य निर्धारण गरेर कालोबजारी गरेको पाइएको जानकारी दिनुभयो । स्थानीय तहले प्रभावकारी ढङ्गले लकडाउनमा बजार अनुगमन गर्न नसक्दा मनोमानी मूल्य लिएको, सुरक्षा सामग्री मास्क, पञ्जा, सेनिटाइजरको प्रयोग नगरेको, एक मिटरको दूरी कायम नगरेको पाइएको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई