नन्दराम जैशी | साउन ८ जुम्ला | जुम्लाको नमुना गाविसको कार्यालय लाम्रालाई शुक्रबार एक औपचारिक कार्यक्रमका विच जिल्लाको पाचौँ गाविसको रुपमा पुर्ण खोप गाविस घोषणा गरिएको छ । गाविसमा रहेका ४ सय ३ जना बालबालिका मध्ये सबै बालबालिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन ८ जुम्ला | जुम्लाको नमुना गाविसको कार्यालय लाम्रालाई शुक्रबार एक औपचारिक कार्यक्रमका विच जिल्लाको पाचौँ गाविसको रुपमा पुर्ण खोप गाविस घोषणा गरिएको छ । गाविसमा रहेका ४ सय ३ जना बालबालिका मध्ये सबै बालबालिक"/>
2026-10-15 06:07 AM
अर्थ/विकास

जुम्लाको पाचौँ गाविसको रुपमा लाम्रा पुर्ण खोप गाविस घोषणा

नन्दराम जैशी | साउन ८ जुम्ला | जुम्लाको नमुना गाविसको कार्यालय लाम्रालाई शुक्रबार एक औपचारिक कार्यक्रमका विच जिल्लाको पाचौँ गाविसको रुपमा पुर्ण खोप गाविस घोषणा गरिएको छ । गाविसमा रहेका ४ सय ३ जना बालबालिका मध्ये सबै बालबालिकाले पुर्ण खोप पाएकाले उक्त गाविसलाइ पुर्ण खोप गाविस घोषणा गरिएको हो ।    

जिल्ला स्थित सरोकारवाला निकाय, विभिन्न राजनितिक दल र सम्पुर्ण गाविसबासीको सहभागितामा प्रतिबद्धता जाएर गर्दै पुर्ण खोप गाविस घोषणा गरिएको हो । लाम्रा गाविसले खोपका लागि आवश्यक न्युनतम सुचक पुरा गरेको भन्दै गाविस तथा स्वास्थ्य चौकीको सिफरिसमा पुर्ण खोप गाविस घोषणा गरिएको जनस्वास्थ्य अधिकृत बैद्यनाथ झाँले बताए ।         

जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा  निमित्त स्थानिय विकास अधिकारी क्षेत्र बहादुर बुढथापाले लाम्रा गाविसका सम्पुर्ण बालबालिकाले खोप प्राप्त गरेको घोषणा गर्नु भयो । घोषणा सभामा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले नेपालको औसत आयुको तुलनामा कर्णालीमा तुलनात्मक रुपमा कम भएको भन्दै यस्ता कार्यक्रमहरुले सघाउ पुर्यउने बताए । विषेश अतिथि समेत रहनु भएका पण्डितले जुम्ला जिल्लालाई आगामी २०१७ सम्म पुर्णखोप मुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम रहेकाले यसमा सबैको भुमिका महत्वपुर्ण रहेको उनको भनाइ छ ।      

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले उक्त गाविसलाई घोषणा गर्नु मात्र ठुलो कुरा नभई घोषणापछि आगामि दिनका कार्य सफल रुपमा कार्र्यान्वयन गर्नेु पर्नेमा जोड दिएका छन् । पुर्ण खोप गाविस घोषणा कार्यक्रममा गाविसका आमा समुह तथा बालबालिकाले जनचेतनामुलक प्रस्तुतिहरु प्रस्तुत गरेको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका खोप सुपरभाइजर मणिकृष्ण उपाध्यायले जानकारी दिए ।      

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने