Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पशुपालन कार्यक्रमका लागि एक करोड ४६ लाख

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १९, पोखरा। पोखरा महानगरपालिकाले पशुतर्फका कार्यक्रम सञ्चालनका लागि एक करोड ४६ लाख विनियोजन गरेको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा अनुउत्पादक र बाँझो पन भएका पशुको उपचारको लागि विज्ञको सहयोगमा घरगोठमा उपचार कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

शुद्ध नश्ल बोयर बोका र बङ्गुरका पाठापाठी तथा नेपियर घाँस किसानलाई निःशुल्क वितरण गर्न राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरासँग समन्वय गरिने उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो । पशु सेवा केन्द्रमार्फत पशुको निःशुल्क औषधि वितरण कार्यलाई निरन्तर दिन बजेटको व्यवस्था गरिएको उहाँले बताउनुभयो । छाडा चौपाया नियन्त्रण गर्न निश्चित रकम तिरेपछि महानगरपालिकाले व्यवस्थापन गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।

भूमि बैंकको स्थापनालगायत कार्यक्रम सञ्चालन गर्न महानगरपालिकाले सङ्घीय अनुदानबाट रु एक करोड ३३ लाख र आन्तरिक स्रोतबाट रु एक करोड ४६ लाख गरी तीन करोड ८९ लाख विनियोजन गरेको छ । बाँझो बारीमा प्रोटिनयुक्त घाँस भन्ने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिइने बताउँदै उपप्रमुख गुरुङले मेयर प्रविधिमैत्री कृषि कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिन बजेट व्यवस्था गरिएको बताउनुभयो । रासस