2026-10-15 07:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खस शब्दकोश लेखनलाई बजेट

असार १९, खलङ्गा। जुम्ला चन्दननाथ नगरपालिका, आचार्यबाडाका भाषाविद् रमानन्द आचार्यले एक दशकअघि शुरु गरेको ‘बृहत् नेपाली खस शब्दकोश’को कामले पूर्णता पाउने भएको छ । प्रदेश सरकारले खस शब्दकोश लेखनका लागि बजेट विनियोजन गरेपछि एक दशकदेखि लेखिँदै आएको ‘खसिया आखर’ (खस शब्दभण्डार)को काममा आशा पलाएको हो ।  

विसं २०६५ देखि शब्दकोश लेख्दै आउनुभएका आचार्यको काममा कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ मा आवश्यक बजेटको व्यवस्था गरेको छ । ढिलै भए पनि प्रदेश सरकारले खस शब्दकोश प्रकाशनका लागि बजेटको व्यवस्था गरेपछि भाषाविद् आचार्यले खुशी व्यक्त गर्नुभयो ।   यो नै खस भाषाको पहिलो शब्दकोश बन्ने उहाँको जिकिर छ । बजेट अभावका कारण हालसम्म करीब २५ हजार शब्द मात्रै सङ्कलन भएका छन् । एक हजार पृष्ठ लामो ‘खसिया आखर’ मा ४० हजारभन्दा बढी खस शब्द समेटिने आचार्यले बताउनुभयो ।

 बजेट अभावले गाउँगाउँ गएर थप शब्द सङ्कलन रोकिएको थियो । सङ्कलित शब्द कम्प्युटर टाइपिङ भएका छैनन् । शब्द वर्णानुक्रममा राख्ने र अर्थ लगाउने काम लेखक आचार्यले एक्लै गरिरहनुभएको छ । 

शब्दकोशमा तत्कालीन खस राज्य सिंजा उपत्यकाभित्र र त्यस वरपरका बस्ती तथा कर्णालीमा बोलिने भाषामा प्रयोग हुने शब्द सङ्गृहीत छन् । शब्द पुनरवलोकन गर्ने काम अन्तिम चरणमा पुगेको छ । खस भाषा अहिले कथ्य भाषाका रूपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न ‘खसिया आखर’ निर्माणमा लागिएको उहाँले बताउनुभयो । सङ्कलित शब्दमध्ये ‘अ’ देखि ‘न’ वर्णसम्मका सबै शब्द ‘कम्प्युटराइज्ड’ गरिसकिएको उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने